धरान । साहित्यकार शिव प्रधानको उपन्यास रुदिनामाथि सुनसरीको धरानमा आइतबार छलफल गरिएको छ ।
छलफलमा साहित्यकार तथा पूर्वसासंद कुन्ता शर्मा, प्राध्यापक तथा साहित्यकार शरणकुमार राईलागायतले उपन्यासको समिक्षा गर्नुभएको थियो ।
नरी प्रधान उपन्यास रुदिनाले वर्गीय, नारी समवेदनालाई यतार्थमा चित्रण गरेको समिक्षकहरुले बताउनुभयो । लेखक साहित्यकार शर्माले आफनो जीवनमा समेत मेल खाने उपन्यासमा गाउँले परिवेशकी नारीको जीवन चित्रण गरिएको बताउनुभयो ।
शर्माले २ सय पृष्ट रहेको सो पुस्तकमा लेखकले भोगेको भोगाईलाई नै प्रस्तुत गरेको र एउटा पुरुष साहित्यकार भएर पनि महिलाको गहन विचारलाई प्रस्तुत गरेकोमा आफूलाई खुशी लागेको बताउनुभयो । उपन्यासमा एउटै कथामा बारम्बार महिलाले बच्चा बनाउने बिषवस्तुरुलाई अलिक कम रुपमा प्रस्तुत गर्न सुझाव पनि दिनुभयो ।
छरिएको सिन्दुर कथा संग्रह प्रकाशित गरिसकेका प्रधानको यो पहिलो उपन्यास पनि हो । कार्यक्रममा धरानका विभिन्न क्षेत्रका साहित्यकारहरु तथा पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा पत्रकार महासंघ सुनसरीका सहसचिव दिनेश गजमेर, महिला सञ्जालकी अध्यक्ष सबिता राई, पत्रकार प्रतिमा विवस राई, साहित्यकार तथा कवि मणी राई गोठाले लगायतको उपस्थिति रहेको थियो ।