च्यारिटी फुटबलबाट विद्यालयलाई सहयोग

धरान । सुनसरीको धरान स्थित गोर्खा भेट्रान युकेको आयोजनामा धरानको पूर्वाञ्चल बहिरा विद्यालय र सुस्त मनस्थिति बाल कल्याण विद्यालयलाई आर्थिक सहयोग जुटाउन मैत्रीपूर्ण खेल सम्पन्न भएको छ ।

मैत्रीपूर्ण च्यारिटी फुटवल खेलमा एफसी गोर्खा भेट्रान युके विजयी भएको थियो । धरान १६ स्थित रंगशालामा भएको खेलमा धरान भेट्रान फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउँदै गोर्खा भेट्रान विजयी बनेको हो । कार्यक्रमका प्रमुख अतिथि तथा एन्फा १ नं प्रदेशका अध्यक्ष किसोर राईले खेलाडीहरुलाई मेडल तथा ट्रफी प्रदान गरेका थिए ।

पूर्वघोषणा अनुसार नै शनिबार एफसी गोर्खा भेट्रान युकेले धरान १६ का दुवै विद्यालयलाई आर्थिक सहयोग पनि प्रदान गरेको छ । दुवै विद्यालयलाई क्लबले जम्मा ७ लाख २० हजार रुपैयाँ प्रदान गरेको हो । एउटा विद्यालयलाई ३ लाख ६० हजार प्रदान गरिएको छ ।

अपांगता भएका विद्यार्थीहरु अध्ययन गर्ने दुवै विद्यालयलाई आर्थिक, भौतिकलगायत थुप्रै समस्या भएकाले गोर्खा भेट्रानले मैत्रीपूर्ण खेलको टिकट र आफ्ना सदस्यहरुको मद्दतले युकेबाट संकलन गरेको पैसा सहयोग गरेको एफसी गोर्खाका मेनेजर बद्रीकुमार सुनुवारले बताउनुभयो । पूर्वाञ्चल बहिरा विद्यालयकी प्रिन्सिपल रेनुका बुढाथोकीले फुटबल खेलेर नेपालीहरुले नै सहयोग गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

आइतबार, ०२ चैत, २०७६, बिहानको ०८:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर