६ जना साहित्यकारलाई पुरस्कृत गर्ने प्रतिभा पुरस्कार प्रतिष्ठानद्वारा सार्वजनिक

विराटनगर । ‌प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले साहित्य क्षेत्रमा योगदान गर्ने विभिन्न ६ जना व्यक्तित्व तथा पाणीनी संस्कृति विद्यालय (गुरुकुल)लाई पुरस्कृत गर्ने भएको छ ।

पुरस्कार प्रतिष्ठानको बुधबार बसेको कार्यसमितिको बैठकले पुरस्कार सिफारिस समितिको निर्णय अनुसार २०७७ सालका विभिन्न पुरस्कारको घोषणा गरेको हो ।

पुरस्कृत हुनेहरुमा साहित्यकार डा. राजेन्द्र विमल, पाणीनी संस्कृति विद्यालय (गुरुकुल) विराटनगर, गंगा सुवेदी, लक्ष्मी उप्रेती, भानुभक्त सुवेदी, शुभलक्ष्मी लम्साल र ममता मृदुलरहेका छन् ।

बिमललाई राष्ट्रियस्तरको प्रतिभा पुरस्कार, गुरुकुल विराटनगरलाई विश्वमञ्जरी बराल प्रतिभा पुरस्कार, सुवेदीलाई ज्वालाप्रसाद पोखरेल प्रतिभा पुरस्कार र उप्रेतीलाई दिनबन्धु गोयल प्रतिभा पुरस्कारबाट पुरस्कृत गरिने भएको हो । यि चारवटै पुरस्कारको राशी ५०÷५० हजार रहेको छ ।

यस्तै महाकाव्यकार भानुभक्त सुवेदी कुभिण्डेली २५ हजार राशीको विराटलक्ष्मी प्रतिभा पुरस्कार तथा २० हजार राशीको षडानन्द प्रतिभा पुरस्कार लम्साल र मृदुललाई संयुक्त रूपमा प्रदान गरिने निर्णय भएको प्रतिष्ठानका सचिव कविराज न्यौपानेले जानकारी दिए ।

विराटनगरबाट २०३९ सालदेखि वितरण गर्न थालिएका यि पुरस्कारहरू निजी क्षेत्रको राष्ट्रियस्तरको पुरस्कार मानिन्छ । यस संस्था र यस पुरस्कारबाट अहिलेसम्म १०० जना साहित्यकार पुरस्कृत तथा सम्मानित भइसकेका छन् । घोषणा गरिएका पुरस्कारहरू सँधै झैं असार २९ गते भानुजयन्तीको अवसरमा वितरण गरिने संस्थाका अध्यक्ष दधिराज सुवेदीले जानकारी दिए ।

बिहिबार, ०३ असार, २०७८, दिउँसोको ०२:०६ बजे

प्रतिक्रिया

  1. मेरो अन्दाज ९०% मिल्यो। मैले घोषणा पूर्व नै लख काटी सकेको थिएँ। यसपटक नागरिक अभिनन्दनको प्रतिफल मिल्नेकुरा पक्का थियोे , भयो। एउटा फेल खायो।

प्रतिक्रिया:

सम्बन्धित खवर