विपद् व्यवस्थापन सम्बन्धि अनुशिक्षण

विराटनगर । मोरङको तीनवटा स्थानीय तहमा विपद् व्यवस्थापन संवन्धि अनुशिक्षण सम्पन्न भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति मोरङ्गको आयोजना तथा सशस्त्र प्रहरी बल नेपाल नम्वर ३ गण हेडक्वाटर, कंकालिनी मोरङ्गको सहजीकरणमा ग्रामथान गाउँपालिकामा विपद् व्यवस्थापन सम्वन्धि अनुशिक्षण सम्पन्न भएको हो ।

वल्र्ड भिजन इन्टरनेशनल र नारी विकास संघ विराटनगरसँगको सहकार्यमा ग्रामथानमा गरिएको अनुशिक्षणमा विशेष गरि विपद्का समयमा गरिने उद्धारमा केन्द्रीत रहेको थियो । तालिममा सशस्त्र प्रहरीका एसपी नेत्रबहादुर कार्कीले मोरङका अन्य १४ वटा स्थानीय तहमा पनि विपद् सम्बन्धि तालिम आवश्यक रहेको बताउनुभयो ।

तीन वटा स्थानीय तहपछि अन्य तहमा तालिम गरिनेछ । ग्रामथानमा आयोजित अनुशिक्षणमा २८ जनाको सहभागिता रहेको नारी विकास संघका प्रशासकीय अधिकृत हिमांशु यादवले बताउनुभयो । उहाँका अनुसार यसअघि बुढीगंगा र कटहरीमा अनुशिक्षण सम्पन्न भईसकेको छ ।

शनिबार, ०१ चैत, २०७६, रातीको ११:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर