विराटनगर । विराटनगर– ४ कञ्चनबारीमा अन्तराष्ट्रिय स्तरको ग्रिनलाईट युनिसेक्स सैलुन संचालनमा आएको छ । करिब ३० लाख रुपैयाँको लगानीमा उक्त सैलुन शुक्रबारदेखि सञ्चालनमा आएको हो ।
सैलुनमा हेयर कटिङ, हेयर स्पा, स्टेट, फेस थेरापी, हेयर स्मुथिङ र स्किन केयर लगायतका विभिन्न सुविधा रहेको छ । महिला तथा पुरुष दुवैलाई एकै ठाँउबाट सेवा उपलब्ध गराउने गरि सैलुन सञ्चालनमा ल्याइएको हो । गएको २ बर्षअघि नोबेल अस्पताल छेउमा स्थापना गरिएको ग्रिनलाईट सैलुनको सफलतापछि दोश्रो शाखाको रुपमा कञ्चनबारीमा विस्तार गरिएको युवा उद्यमी हरीप्रसाद बजगाईले बताउनुभयो ।
विराटनगरबाट सुरू गरिएको ग्रिनलाईट ब्राण्डको चेन अन्र्तगत आगामी दिनमा नगर क्षेत्रका विभिन्न स्थानका पनि शाखा विस्तार गर्ने तयारी छ । आगमी दिनमा इटहरी र पूर्वको अन्य सहरहरूमा पनि शाखा विस्तार गरि ग्राहकलाई सेवा प्रदान गर्ने लक्ष्य रहेको बजगाईले बताउनुभयो ।
सैलुन सञ्चालनमा आएसँगै प्रराम्भिक चरणमा ९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । सैलुनले कपाल, छाला र नङ सम्बन्धि सेवा उपलब्ध गराउनुका साथै अन्र्तराष्ट्रिय जगतमा स्थापित ब्राण्डका सौन्दर्य प्रशाधन सामाग्रीसमेत उपलब्ध गराउने जनाएको छ ।
सैलुनले युवाहरुलाई स्वरोजगार बनाउन समयसमयमा विभिन्न प्रकारका तालिमहरुसमेत सञ्चालन गर्ने लक्ष्य राखेको सञ्चालक बजगाईले बताउनुभयो ।
essays for kids coursework writer write papers for me