पाँचथर । पाँचथरमा निषेधाज्ञा थप एक साता लम्बाइएको छ ।
सोमबार बसेको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (डिसिसिएमसी) को बैठकले बैठकले जेठ १७ जेठ २५ गते राती १२ बजे सम्मलाई निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकालले बताए ।
ढकालका अनुसार पछिल्लो समय पाँचथरमा कोरोना प्रकोप ज्यादै फैलिएकायो यो पल्ट निषेधाज्ञालाई थप कडाइ गरिएको छ ।
अत्यावश्यक सेवा प्रदान गर्ने औषधि पसल, दुग्धजन्य पसल, तरकारी पसल, फलफूलका पसलहरू दैनिक बिहान ५ः०० बाट ८ः०० सम्म संचालनमा रहने छ्न् ।
प्रकोप रोकथामका लागि खाद्यान्न बोक्ने सवारी साधनसमेत बन्द रहने ढकालले जानकारी दिए ।