उर्लाबारी । मोरङको उर्लाबारीमा कोरोना संक्रमणबाट एक साताभित्रै एकै घरबा बाबुछोराको निधनर भएको छ ।
कोरोना संक्रमणबाटउर्लाबारी–२ मा उर्लाबारीका पूर्व गाविस उपाध्यक्ष कुमार धिमालको निधन भएको पाँच दिनपछि उनका छोरोका पनि निधन भएको हो ।
२०५४ साल देखि २०५८ सालसम्म उर्लाबारी गाविसका उपाध्यक्ष रहेका धिमालको जेठ १२ गते कोभिडको संक्रमणका कारण झापाको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको थियो । कोरोना संक्रमति उनका छोरा ४७ वर्षीय तेजबहादुर धिमालको सोमबार सोही अस्पतालमा उपचारका क्रममा निधन भएको उर्लाबारी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
धिमाल जाति विकास केन्द्रका केन्द्रीय महासचिव मातृका धिमालका अनुसार परिवारका जेठो छोरा तेजबहादुरमा सबैभन्दा पहिले कोरोना देखिएको थियो । उनलाई अस्पताल भर्ना गरेको एक सातापछि बाबु कुमार धिमालमा संक्रमण देखिएको थियो ।
धिमाल संस्कृति अनुसार बाबुको दाहसंस्कार भएको स्थल स्थानीय सालबारी बन क्षेत्रमै छोराको पनि अन्तेष्टी गर्ने तयारी भईरहेको छ । तेजबहादुर खाध्यन्न व्यवसायी हुन् ।
योसँगै उर्लाबारीमा कोभिडका कारण ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।


