अक्सिजन कन्सन्ट्रेटर र सिलिन्डर खरिद गर्न ५७ लाख संकलन

पाँचथर । पाँचथर उद्योग वाणिज्य संघको अगुवाईमा जिल्ला अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर र सिलिन्डर खरिद गर्न करिब ५७ लाख रुपैयाँ सङ्कलन भएको छ ।

वाणिज्य संघका अध्यक्ष दीपक नेपाल र माहासचिव नबराज घिमिरेको अग्रसरतामा सञ्चालन गरिएको अभियानमा जिल्लाभित्र र बाहिर रहेका नागरिकले नगद सहयोग गरेका थिए ।

अध्यक्ष नेपालका अनुसार संकलिन रकमबाट खरिद गरिएको स्वास्थ्य सामाग्री सोमबार काठमाडौंबाट जिल्लाको लागि आउँदैछ । सो रकमबाट अक्सिजन कन्सन्ट्रेटर १० लिटर प्रतिमिनेट क्षमताको २० थान, अक्सिजन सिलिन्डर ४० केजी क्षमताको ५० थान, मल्टि पारामिटर प्यासेन्ट मनिटर ५ थान र अक्सिमिटर १०० थान खरिद गरिएको छ ।

खरिद गरिएको सामान मंगलबार बिहान जिल्ला आइपुगे अस्पताललाई हस्तान्तरण गर्ने अध्यक्ष नेपालले जानकारी गराए ।

जेष्ठ १७, २०७८, दिउँसोको ०१:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर