कोसी अस्पताललाई ‘फाईन केयर थ्री प्लस’ मेसिन हस्तान्तरण

विराटनगर । कोरोना संक्रमणको रोकथाम तथा प्रतिकार्यका लागि लायन्स क्लबले विराटनगरस्थित कोशी अस्पताललाई ‘फाईन केयर थ्री प्लस’ (कोभिड परीक्षण गर्ने) मेसिन हस्तान्तरण गरेको छ ।

बिहीबार लायन्स क्लब अफ ईन्टरनेशनल डिस्ट्रिक ३२५ ए वानले अस्पताललाई झण्डै ९ लाख मुल्य पर्ने मेशिन प्रदान गरेको हो । लायन्स क्लब अफ ईन्टरनेशनल डिस्ट्रिक ३२५ ए वान का इलेक्ट गर्भनर रेबतबहादुर कार्की र पुर्व गर्भनर लिलाबहादुर ढुंगेलले कोशी अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराई र मेडिकल सुपरीटेण्डेन्ट चुमनलाल दासलाई सो उपकरण हस्तान्तरण गर्नुभएको हो । अस्पताललाई प्रदान गरिएको सो मेशिनबाट कोभिड परीक्षणका साथै कोभिड भएका बिरामीको ‘डि डाईमिटर’, ‘पिसिटी’ र ‘आईएल सिक्स’ लगायतका परीक्षण गर्न सकिने जनाइएको छ ।

अस्पताललाई हस्तान्तरण गरिएको सो मेशिन प्रदेश १ मै पहिलो पटक भित्रिएको हो । नेपालमा काठमाडांैसहितका अन्य ठाँउहरुमा यसप्रकारको थप ३ वटा मेसिनहरू रहेको लायन्स क्लब अफ ईन्टरनेशनल डिस्ट्रिक ३२५ ए वान का इलेक्ट गर्भनर रेबतबहादुर कार्कीले बताए । उनले लायन्स क्लबकै अगुवाईमा यसअघि काठमाडौंस्थित गंगालाल अस्पताललाई समेत सो मेसिन उपलब्ध गराई सकिएको जानकारी दिए ।

लैनचौर काठमाडौंस्थित बि.एस.आर. बायोटेकको सहयोग र लायन्स क्लब ३२५ एवानको समन्वयमा उक्त मेसिन उपलब्ध गराईएको जनाइएको छ ।

बिहिबार, ३० बैशाख, २०७८, दिउँसोको ०४:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर