मणि दाहाल
‘बा’ पथग्रस्त अराजकताले राजनीति संकटपूर्ण अवस्थामा छ । जनताको बलिदानीपूर्ण आन्दोलनबाट प्राप्त अधिकारहरु क्रमश संकुचन भइरहेका छन् । जनजीविका कष्टकर अवस्थामा छ । महंगी, भ्रष्टाचार, कालोबजारी र कृतिम अभावको सामना जनताको दैनिकी बन्दैछ । अनेकौं खाले प्रकृतिक बिपत्ति र कोभिडको पीडामा छट्पटिएर अनायासै मृत्युको मुखमा पुगेका समचार सामान्य भएको छ । अर्थात देशले अनेकौं बिपत्तिको सामना गरिरहेको छ । तर, जनताको प्रतिनिधि पात्रको रुपमा रहेको सरकार माफिया, तस्कर, डन र भ्रस्टाचारीको घेराबन्दीमा राष्ट्रिय ढिकुटीको दोहन गरि सत्ता टिकाउने खेलमा व्यस्त छ ।
जनतामा सुशासनको प्रत्याभूति लोककल्याणकारी राज्य व्यवस्थाको मर्म हो । गाँस, बास, कपास, सहजता र पहुँच सुशासनका आधार हुन् । वामपन्थी सरकारले यसको पूर्णताको ग्यारेन्टी र आधार तयार गर्ला भन्ने कुरामा जनता विश्वस्त थिए । तर, वाम आवरणमा उदाएर घोर प्रतिगामी शक्तिको सेवामा तल्लिन वर्तमान सरकार प्रमुखले जनतालाई समृद्धि र सुशासन दिनु त परै जाओस्, त्यसको आधारसम्म दिन सक्नुभएन ।
बहुमतीय निर्वाचन प्रणाली असफल सावित भएको छ । बोरामा पैसा बोकेर दलको टिकट खरिद गर्नुपर्ने र गाडीमा पैसा बोकेर निर्वाचनमा जानुपर्ने वर्तमान निर्वाचान प्रणली श्रमजीबी तथा मेहनतकस जनताको हितमा छैन । यसले लोककल्याणकारी राज्य व्यवस्थाको धज्जी उडाएको छ । विधायकहरु खसीबाख्रा भन्दा सस्ता भएका छन् । भ्रष्ट, तस्कर, माफिया र गुण्डा नाइके माननीय तथा मन्त्रीको कुर्सीमा आसिन छन् । इमान्दार तथा निष्टावानहरु गलहत्याइएका छन् । वर्तमान निर्वाचन प्रणालीको विकल्प भनेको पूर्ण समानुपातिक निर्वाचन प्रणाली हो । साथै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, संसद बाहेकका राजनीतिज्ञहरु सम्मिलित मन्त्री मण्डल र सार्वभौम सम्पन्न दुई सदानात्मक व्यवस्थापिका जस्ता कुराहरुको कानूनी प्राबाधानले मात्र लोकतन्त्रलाई मेहनतकस जनताको हितमा प्रयोग गर्न सकिन्छ । यसो नगर्दासम्म समृृद्धि । समाजवादका बाधक तत्वहरुलाई पन्छाउन सकिदैन ।
वर्तमान सरकारबाट जनताले उल्लेखित कुरालाई सम्बोधन गर्ने गरि संबिधान संशोधनको आश संगालेका थिए । तर, प्रधानमन्त्रीले यसो गर्न आवश्यक ठान्नुभएन । बरु अनेकौं उपनाम धारी गुण्डा नाइके तथा अपराध कार्यमा विशेषज्ञता हासिल गरि देशको अन्धो कानूनले सुद्धताको प्रमाणपत्र दिएका जनअपराधिहरुलाई धमाधम मन्त्री बनाउन उहाँका हात लम्किए । के समृद्धि र समाजवादको कार्यनीति यस्तै हुन्छ ? बापथीय बुद्धिजीवी भनाउदाहरुको काम सत्ताको दलाली गर्नु मात्र हो ? गलतलाई गलत भन्न सक्नु पर्दैन ?
मदन भण्डारीको बिल्ला लगाएर बहुदलीय जनवादको रामनामीमा डनवालाई सिद्धान्तको रुपमा प्रतिपदन गर्नु ओली कमरेडको मुख्य विषेशता हो । साथै डनवादलाई ‘बा’ पथको कार्यनीतिले सिंगार्नुलाई उहाँले माहानता सम्झनुभयो । उहाँको यस्तै कार्यलाई स्वर्णकाल ठान्ने राजनीतिक रुपमा बिचार शुन्य दासहरुको जमात उहाँका प्रियपात्र भए । अनि सोही प्रबृतिको जमातले पार्टी भरिभराउ गर्नुभयो । के एउटा कम्युनिष्ट पाटीको नेता तथा सरकार प्रमुखको आचरण यस्तै हुन्छ ?
अहिले ओलीपथीय एमालेमा बिचारको कुनै गुन्जायस छैन । त्यहाँ मनि र मसल्सले कब्जा जमाएको छ । अध्ययन, चिन्तन र विश्लेषणविनाको भुते भिड संगठनिक सिद्धान्त भएको छ । ब्यक्तिवाद र स्वेच्छाचारिताको ताली मुल अनुशासन भएको छ । स्वास्थ्य, शिक्षालगायत अनेकांै क्षेत्रका माफिया सञ्जालका विज्ञहरु असल र इमान्दार कार्यकर्ता भएका छन् । बापथीय नेतृत्वको एमालेमा रहने थोरै इमान्दारहरु या त भ्रममा छन या त कुनै लोभमा । जो भ्रममा छन्, उहाँहरुले भ्रममुक्त हुँदा हुन्छ । लोभिपापीहरु भने ओली कमरेड सत्तामा रहदासम्म लिसो टासिँदा झैं टाँसी नै रहन्छन् ।
डनवाद रुपी बापथले निष्टा तथा इमानलाई पार्टीको मुल प्रबाहबाट गलहत्याएको छ । साथै सूर्य चिन्हको गलबन्दीमा देशमा लुटको साम्राज्य खडा गरेको छ । प्रधानमन्त्री त्यसको संरक्षक बन्नु भएको छ । कष्टकर जनजीबिकाप्रति उहाँलाई कुनै चासो छैन । उहाँले बजारको अस्वभाबिक मूल्यबृद्धि, कालोबजारी, कृतिम अभाब तथा मिसावटप्रति पूर्ण रुपमा आँखा चिम्लिनुभएको छ । भ्रष्ट, तस्कर र माफियालाई पद र पदकले सम्मान गरि उनीहरुलाई लुटको प्रमाणपत्र दिनुको तल्लीनता नै उहाँको दैनिकि भएको छ ।
नेपालको संसदीय अभ्यासमा शेरबहादुर देउवाले बिकृति र बिसंगति भित्र्याउनु भयो । त्यसलाई केपी कमरेडले संस्थागत गर्दै हुनुहुन्छ । उहाँहरु दुबै खलपात्रहरुको प्रवृतिमा पनि ‘समानता छ । संसदीय व्यवस्थामा बिकृतिका डंगुर मिसाएर लोकतन्त्रकै धज्जी उडाउमा शेरबहादुरले अब्बलता हासिल गर्नुभएको थिायो । अहिले त्यहि शैलीमा संसद खरिद बिक्रि तथा अपहरण, गुण्डा तथा अपराधिहरुको संरक्षण, राजनीतिमा अपराधिकरणको संस्थागत विकासलगायत सुरा सुन्दरी र अनेकौं आर्थिक घोटलाको सबालमा केपी कमरेडले शेरबहादुरलाई उछिन्दै हुनुहुन्छ । राजनीतिक रुपमा शेरबहादुर र केपी कमरेड फरक दलको प्रतिनिधि पात्र हनुहुन्छ । तर, बिकृतिको बाहक बनेर आफूले नेतृत्व गरेको दललाई जनताबीचमा बद्नाम गराउनमा उहाँहरुको भूमिका समान छ । अहिले शेरबहादुर प्रमुख प्रतिपक्षी दलको नेता र ओली कमरेड सत्ताघटक । लगनगाँठो जोडिएकै छ । बिधि, बिधान र संस्थागत निर्णय र सामूहिकता भन्ने कुरा उहाँहरु दुबैका देखाउने दाँत भएका छन् ।
यतिखेर बापथको जगजगी उच्चबिन्दुमा छ । अदालत र निर्वाचन आयोग बापथको आदेश तामेली गर्ने निकायमा परिणत भएको छ । सत्ता टिकाउन राष्ट्रिय ढिकुटीलाई दुरुपयोग गरिएको छ । मनाङेहरु मन्त्रीको मानले पुरस्कृत हुँदैछन् । मदन भण्डारी फाउण्डेसन बापथको संरक्षण केन्द्र भएको छ । जनमत गुमाएको तहगत सरकार टिकाएर ब्रम्हलुट मच्चाउन बापथले जिल्लाव्यापी रुपमा सञ्जाल खडा गरेको छ । बामपन्थीको नाम भजाएर लम्पट प्रबृति संगालेको वर्तमान सरकार इतिहासकै नालायक, बद्नाम र राष्ट्रको बोझ सावित हुँदासम्म पनि प्रमुख प्रतिपक्ष भनाउँदो दर्शक र साक्षी भएर बसेको छ । योभन्दा लज्जास्पद स्थिति अरु केहि हुन सक्ला र ?