विराटनगर । संकटा व्याइज स्पोटिङ्ग क्बल विराटनगरमा जारी छैठौं विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
विराटनगरस्थित सहिद मैदानमा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसनलाइ १–० गोलले हराउँदै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो ।
जितसँगै संकटाले बिहीबार दोस्रो सेमिफाइनल खेलमा भारतको पंजाव पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पंजावले सहिद स्मारक ‘ए’ डिभिजन लिग बिजेता मछिन्द्रलाई २– ० गोल र गोरखा ब्वाइज क्लब रुपेन्देहीलाई टाईब्रेकरमा ४–२ गोलले हराउँदै सेमिफाइनमा पुगेको हो । फाइनल यात्राको लागि बिभागिय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाडौ र घरेलु टिम विराटनगर–११ बिच बुधबार प्रतिस्पर्धा हुनेछ । विराटनगरले पश्चिम बंगालको युनाइटेड फुटबल क्बललाई ३–० ले र भारतको युनिाइटेड सिकिम फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरको हो भने एपीएफले चिरप्रतिद्धोन्द्धी विभागीय टिमलाई २– ० गोलले हराउँदै सेमिफाइनलको यात्रा सुरक्षित गरेको छ ।
अन्तिम क्वाटरफाइनल खेलमा दुवै टिम आक्रमक देखिएपछि पहिलो हाफसम्म दुवै टिमको गोलरहित बराबारी खेले । विराट गोल्डकपको पूर्व बिजेता संकटाले खेलको ६१ औं मिनेटमा गणेश हमालले गरेको गोल टिमको जितको लागि निर्णायक बन्यो । संकटाका विदेशी खेलाडी ओडी गोल्रीले क्रस साइटदेखि निकालिएको पास गणेशले हेडमार्फत जाली चुमाए ।
पहिलो गोल खाएपछि दबाबमा परेको क्यामरुनले खेल बराबारीमा ल्याउन निकै संघर्ष ग¥यो । तर सफल हुन सकेन । पोखरामा सम्पन्न भएको आरा रारा गोल्डकपमा हार व्यवहोरेपछि विराट गोल्डकपमा बदला लिने क्यामरुनको रणनीति पनि बिफल भयो । दुवै टिम आक्रामक देखिए पनि डिफेन्सलाइनको कमजोरीमा क्यामरुन दोस्रो हाफमा १–० ले पछि प¥यो । खेलको पहिलो हाफमा क्यामरुनको लागि निकै संघर्षपूर्ण बन्यो । क्यामरुनले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन सकेन । खेलको १३ औं मिनेटमा क्यामरुनका खेलाडी बासेकले पेनान्टी एरियादेखि गरेको प्रहार संकटाका गोलकिपर राजुबाबु थापाले उत्कृष्ट बचाउ गरिदिए । संकटाका विष्णु सुनवारले खेलको २६ औं मिनेटमा डिबक्स भित्रदेखि गरेको प्रहार क्यामरुनको गोलरक्षक डिए स्यालबियोे बाधक बने । ३९ औं मिनेटमा संकटाका ओडे ग्लोरीले गरेको सशक्त प्रहार बाहिरिँदा गोल हुन सकेन । खेलको ४५ औं मिनेटमा क्यामरुनका खेलाडी बसेकले ३० यार्डदेखि गरेको प्रहार बाहिरियो ।
दोस्रोे हाफपछि आक्रमक भएको क्यामरुनले खेल बराबरीमा ल्याउन आक्रामक खेले पनि सफल हुन सकेन । खेलको ५८ औं मिनेटमा क्यामरुनको माफोमाले गरेको कडा प्रहार क्यामरुनको गोलरक्षक राजुबावले विफल पारिदिए । खेलको ८९ औं मिनेटमा क्यामरुनका फ्बराईसले पेलान्टी एरियादेखि गरेको प्रहार बाहिरिँदा पाहुना टोली बाहिर बाध्य भयो ।
खेलको म्यान अफ द म्याच संकटाका गोलरक्षक राजाबावु थापा घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरेको छ । १९ औं आहा–रारा गोल्डकपको फाइनलमा क्यामरुनलाई ४–२ ले पराजित गर्दै संकटाले सिजनकै पहिलो उपाधि उचालेको थियो ।