विराटनगर । विराटनगरको भृकुटी चोकमा रहेको बेलायतको व्लभरह्याम्टन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेरिल्याण्ड कलेजका विद्यार्थीले फ्ल्यास मव कार्यक्रम गरेका छन् ।
कलेजका चौथो सेमेस्टर पढिरहेका विद्यार्थीले विराटनगरको भाटभटेनी सुपर मार्केटमा ‘ह्यापी’ गितमार्फत ‘फ्लास मब’ डान्स प्रस्तुत गरेका थिए ।
कलेजमा पढिरहेका विद्यार्थीहरुले ब्राण्ड कम्युनिकेशन विषयको लागि फ्लास मबमार्फत आफ्नो कलेजको ब्राण्ड प्रमोसन गरेका थिए भने सामाजिक रुपमा सबैमा खुसी बाढ्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना भएको प्राध्यापक कात्यानी झा ठाकुरले जानकारी दिनुभयो । विद्यार्थीहरुलाई आफूले पढेको विषयको बारे व्यवहारिक रुपमा सिकाउने उद्देश्यसहित उक्त कार्यक्रम गरिएको प्राध्यापक झाको भनाइ छ ।
इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा सञ्चालित कलेजमा बेलायतको बिजनेस डिग्री (बिआइबिएम) सर्वशुलभ शुल्कमा अन्तराष्ट्रिय स्तरमा नै पढाइ हुँदै आएको छ ।