ब्युटीपार्लर तालिम सुरू

विराटनगर । महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले विराटनगरमा ६५ दिनको ब्युटीपार्लर तालिम सुरू भएको छ ।

नवरत्न टेक्निकल टे«निङ्ग इन्ष्टिच्युट प्रालिको आयोजनामा विराटनगरमा बिहीबारदेखि ब्युटीपार्लर तालिम सुरू भएको हो ।

तालिमको उद्घाटन विराटनगर महानगरपालिका ५ का वडाअध्यक्ष मिनकुमार आचार्यले गरे । तालिमको शुभराम्भ गर्दै उनले घरको चुलोचौकमा व्यस्त रहने महिलाहरूलाई यस्ता शिपमुलक तालिम अपरिहार्य रहेको बताए ।

महिलालाई आत्मनिर्भर बनाउन वडाले शीपमुलक र क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरू पनि लिएर आएको बताए । कार्यक्रममा जिफन्ट प्रदेश १ की सचिब तथा महिला संयोजक निलम ढुङ्गगेलले महिलाहरूले शीप सिकेपछि आयआर्जनमा लागेर आत्मनिर्भर बन्नुपर्ने बताए । उनले तालिम अवधिभर लगनशील भएर सिकेको ज्ञान व्यवहारमा उर्तानुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी नेपाल युनियन विराटनगरकी अध्यक्ष अमिता पौडेल (पोखरेल), विराटनगर ५ का वडासदस्य सुर्दशन भट्टराईले तालिममा सिकेको ज्ञान व्यवहारमा उतारेर महिलाहरू आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका थिए । ६५ दिनसम्म सञ्चालन हुने ब्युटीपार्लर तालिमको प्रमुख प्रशिक्षकहरूमा भली सुब्बा, अनिता राउत, सहायक प्रशिक्षकहरूमा अमिता पौडेल (पोखरेल) र प्रतिमा ओझा (न्यौपाने) रहेका छन् ।

तालिममा ८० जनाबाट छनौट गरि ४० जना महिलाहरू सहभागी छन् । दुई समूह बनाएर उनीहरूलाई तालिममा सहभागी गराएको प्रमुख प्रशिक्षक तथा राष्ट्रिय सौन्दर्यकर्मी नेपाल युनियन विराटनगरकी सचिब भली सुब्बाले जानकारी दिइन् ।

शुक्रबार, १३ चैत, २०७७, बिहानको १०:१८ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर