हिमालय दर्शनमा ईन्डक्सन सेसन

विराटनगर । विराटनगरमा रहेको मेरिल्याण्ड र शिक्षादीप कलेजको संयुक्त व्यवस्थापनमा सञ्चालित हिमालय दर्शन कलेजमा नयाँ भर्ना भएका विद्यार्थीहरुको लागि ईन्डक्सन शेसन शुरु भएको छ ।

आइतबारबाट शुरू भएको कार्यक्रममा विएचएम. विआइएम, विसिए तथा विएससि. सिएसआइटि कार्यक्रमहरूमा यस वर्ष भर्ना भएका नयाँ विद्यार्थीहरू सहभागी छन् ।

विश्वविद्यालय, सेमेष्टर सिस्टम, मुल्याङ्कन विधी, आन्तरिक मुल्याङ्कन, निरन्तर मुल्यांकन पद्दति तथा सम्बन्धित बिषयको बारेमा जानकारी गराउने उद्देश्यले ४ दिने इन्डक्सन कार्यक्रम आयोजना गरिएको हो । ईन्डक्सन कार्यक्रममा युनिभर्सिटी ग्रान्ट कमिसनका सदस्य प्रा.डा प्रमोद कुमार झा, हिमालय दर्शन कलेजका डाईरेक्टर भेषराज पोखरेललगयात त्रिभुवन विश्व विद्यालयका विशिष्ट पदाधिकारीहरले सहजीकरण गर्ने कलेजका प्रिन्सिपल भरत सापकोटाले बताउनुभयो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरुले उच्च शिक्षा अध्ययनको लागि यस्ता कार्यक्रमहरुले आफूहरुलाई ठूलो सहयोग मिल्ने बताएका थिए । ईण्डक्सन पश्चात कलेजले २ दिने अभिमुखिकरणको लागि विद्यार्थीहरुलाई धनकुटाको हिले लैजाने तयारी गरेको जनाएको छ ।

बुधबार, ११ चैत, २०७७, बिहानको १०:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर