पथरी । नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालयले स्वास्थ संस्था नभएका १२०० वडाहरुमा आधारभुत स्वास्थ सेवा केन्द्रको निर्माण गर्दैछ ।
सबै स्थानीय तहका वडामा बन्ने भवन केहि भवन सम्पन्न भएका छन् भने केहि निर्माणाधिन अवस्थामा छन् ।
मोरङको पथरीशनिश्चरे नगरपालिका ३ र ७ मा टाइप २ अन्तर्गत निर्माण सम्पन्न भएका २ भवन सानो भएकै कारण सञ्चालनमा आउन सकेका छैन । संघीय सरकारको ३८ लाख ८६ हजार ९ सय २० रुपैयाँ बजेटमा सम्पन्न गर्नेगरि नगरलाई बजेट विनियोजन गरिएको छ ।
भवनमा १० चौडाई र १० लम्बाई ३ कोठासहित एक साहयक कक्ष रहेको छ । नगरले ईविडिङ मार्फत ३२ लाख ६९ हजार ६ सय ३४ मा ठेक्का दिएको भवन सञ्चालनमा नआउँदा अलपत्र अवस्थामा रहेको छ । कार्यपालिकाको निर्णय अनुसार प्रक्रिया अगाडि बढाउने पथरीशनिश्चरे नगरपालिकाकी उपप्रमुख तथा अनुगमन समिति संयोजक यमुना विष्ट बास्तोलाले बताउनुभयो ।
भवन संघीय सरकारको लगानी र नक्सा डिजाईनमा बनेकोले नगर र वडाले सहजिकरण मात्र गरेको वडा नं. ७ का वडाध्यक्ष कपिलमणि ढकालले बताउनुभयो । सरकाको निर्देशन अनुसार तोकिएकै मापदण्डमा काम सम्पन्न भएको नगरका प्रविधिक दिपक आचार्यको भनाई छ ।
सानो कोठा र साँघुरो ठाउमा बनेको भवनमा सेवा सञ्चालन सहज नभएको स्थानीयले बताएका छन् ।