तेक्वन्दोको उपाधि झापालाई

विराटनगर । मोरङको बेलबारीमा सम्पन्न प्रथम मेयर कप १ नं. प्रदेशस्तरीय तेक्वन्दो प्रतियोगिताको उपाधि झापाले जितेको छ ।

शनिबार सम्पन्न फाइनल प्रतियोगितामा १३ स्वर्णसहित झापाले उपाधि जितेको हो । आइटिएफ तेक्वन्दो संघ १ नम्बर प्रदेशले आयोजना गरेको प्रतियोगितामा ७ स्वर्णसहित भोजपुर द्वितीय भयो ।

यस्तै ६ स्वर्णसहित भोजपुर तृतीय घोषित भएको नेपाल आइटिएफ तेक्वन्दो संघका केन्द्रीय उपाध्यक्ष तथा राष्ट्रिय मार्सल गेम्स महासंघका अध्यक्ष प्रविणकुमार कार्कीले जानकारी दिनुभयो । दुई दिनसम्म चलेको प्रतियोगितामा मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ्ग, धनकुटा, भोजपुर, उदयपुर र आयोजक मोरङको बेलवारी नगरपालिकाका गरी ६० महिलासहित १ सय ८४ जना खेलाडीहरुको सहभागिता थियो ।

तेक्वन्दो प्रशिक्षक चतुरलाल चौधरी, आइटिफका वरिष्ठ उपाध्यक्ष अन्जनाथ श्रेष्ठ, उपाध्यक्ष प्रविणकुमार कार्कीलगायतले अपराध रोकथाम एवं लागूऔषध दुव्र्यसन नियन्त्रणमा खेलकुदको माध्यमले सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।

आइटीएफ तेक्वन्दोले गत महिना मोरङको दुर्गम ग्रामीण क्षेत्र मिक्लाजुङ गाँउपालिकामा प्रदेशस्तरीय जिल्ला खेलकुद प्रतियोगिताको आयोजना गरेको थियो ।

आइतबार, २५ फागुन, २०७६, रातीको ०९:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर