खेलकुद क्षेत्र प्रथामिकता छः राज्यमन्त्री विश्वास

विराटनगर । प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले प्रदेश सरकारले खेलकुद क्षेत्रलाई उच्च प्राथामिकता राखेको बताउनुभएको छ ।

आइटिएफ तेक्वन्दो संघ १ नम्बर प्रदेशले मोरङको बेलबारी नगरपालिका ७ बाहुनीमा आयोजना गरेको प्रदेशस्तरीय तेक्वन्दो प्रतियोगिताको समापनमा राज्यमन्त्री विश्वासले खेलकुदले मुलुककै पहिचान विस्तार गर्नसक्ने बताउनुभयो ।

‘अहिले खेलकुद क्षेत्र पनि व्यवसायिक हुन थालेको छ,’ विश्वासले भन्नुभयो, ‘यी क्षेत्रमा लागेर पनि जीविकोपार्जन हुन थालेकोले यसमा सरकारले पनि साथ दिनेछ ।’ उहाँले खेलकुद क्षेत्रलाई व्यवसायिक रूपमा अगाडि बढाउन सकेमका अनुसाशन पनि कायम हुने बताउनुभयो । प्रदेश सरकार खेलकूद पूर्वाधारमा लगानी गर्ने प्रतिवद्धताका साथ खेलाडीलाई विशेष प्रोत्त्साहन दिने कार्य गरिरहेको विश्वासले बताउनुभयो ।

कार्यक्रममा बेलावारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीले एक वडा एक खेलमैदान निर्माणको लक्ष्य अनुसार नगरपालिकाले काम गरिरहेको बताउनुभयो । नेपाल आइटिएफ तेक्वन्दो संघका केन्द्रीय उपाध्यक्ष तथा राष्ट्रिय मार्सल गेम्स महासंघका अध्यक्ष प्रविणकुमार कार्कीले खेलजगतले राष्ट्रको नाम विश्वसामु चिनाउने भएकोले खेलकुद क्षेत्रमा राज्यले लगानी गर्नुपर्ने बताउनुभयो ।

आइतबार, २५ फागुन, २०७६, रातीको ०९:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर