विराटनगर । सुनसरीको दुहबी नगरपालिकाको एक सामुदायिक विद्यालयको रिक्त रहेको करारको शिक्षक पदपूर्ती गराउने परीक्षा स्वच्छ र मर्यादित नभएको ठहर गर्दै परीक्षा र विज्ञापन रद्द गरिएको छ ।
दुहबी नगरपालिका–१२ पूर्वकुशाहास्थित श्री शारदा आधरभूत विद्यालयमा रिक्त रहेको करारका दृष्ट्रिवीहिन शिक्षक पदपूर्ती गर्न लिएको परीक्षा स्वच्छ र मर्यादित हुन नसकेको ठहर गर्दै दुहबी नगरपाकिाले रद्द गरेको हो ।
दुहबी नगरपालिकाको नगरप्रमुख स्तरीय निर्णयले १५ फागुनमा लिएको परीक्षा रद्द गर्ने निर्णय बिहीबार गरेको हो । दुहबी नगरपालिका प्रमुख बेदनारयण गच्छदारको दबाबमा प्रावि तहको काराको एक जना शिक्षक पदपूर्तीको लागि लिएको परीक्षामा परीक्षार्थीको नक्कली सहयोगी राखेर पदपूर्ती गराउन चलखेल सुरू भएको हाम्रोमतले समाचार प्रकाशित गरेको थियो ।
समाचार प्रकाशित भएपछि २५ फागुनमा नगरपालिकामा बसेको बैठकले तोकिएको मितिमा दोस्रो चरणको परीक्षा सञ्चालन हुन नसकेपछि परीक्षा रद्द गरेको सूचना नगरपाकिलाले जारी गरेको छ । नगरपाकिाले परीक्षा रद्द गर्ने निर्णाय गरेपनि रिक्त रहेको शिक्षकको पदपूर्तीको लागि विज्ञापन कहिले विद्यालयलाई आव्हान गर्न अनुमति दिने भन्ने खुलाएको छैन ।
रिक्त रहेको शिक्षक पदपूर्ती नहुँदा पठनपाठनमा भने समस्या हुने गरेको विद्यालयले जनाएको छ । शारदा आधरभूत विद्यालयले रिक्त रहेको राहत कराराको दृष्टिविहीन शिक्षक पदपूर्ती गर्न पुस २९ गते सूचना प्रकाशित गरेको थियो । फागुन १५ गते स्कूलले लिएको पहिलो चरणको वस्तुगतर्फको परीक्षामा ७ जना सहभागी भएकोमा तीन जना उत्तीर्ण भएका थिए ।
दिनेश मण्डल, मायावती राजवंशी र श्रवण महतो परीक्षामा उत्तीर्ण भएका थिए । उत्तीर्ण भएकामध्ये दिनेशले राखेको सहयोगी विद्यालयले स्वीकृत दिएको नभएर नक्कली ‘राइटर’ भएको खुलेपछि परीक्षा रद्द गरिएको छ ।
दिनेशले राखेको सहयोगी विराटनगरस्थित सृजना ज्ञानकुञ्ज माविमा कक्षा १२ मा अध्ययरत गरेको खुलेको छ । उक्त विद्यालयले दिनेशको सहयोगी रुपमा कक्षा ११ मा पढ्दै गरेको रामचन्द्र मण्डलको नाम सिफारिस गरेको थियो । तर, दिनेशले कक्षा १२ अध्ययन गर्दै गरेका रविन यादवलाई राखेको पाइएको थियो ।
पहिलो चरणको परीक्षा उत्तिर्ण गरेपछि दोस्रो चरणको १०० सय पूर्णाङ्कको फाइनल परीक्षा २४ फागुनमा हुने तोकिएको थियो । फाइनल परीक्षामा नक्कली सहयोगी राखेर उत्तीर्ण गराएको परीक्षार्थीलाई पनि सामेल गराउने नगरपालिकाले चलखेल गरेपछि दोस्रो चरणको फाइनल परीक्षा २४ फागुनमा हुन सकेन । शिक्षक नियुक्तिको विवाद भएको समाचार सार्वजनिक भएपछि नगरप्रमुखले परीक्षा रद्द गरेका हुन् ।
रिक्त रहेको करारको शिक्षक पदपूर्तीको लागि लिएको परीक्षा निष्पक्ष र मर्यादित नभएको पाइएपछि नगरप्रमुखस्तरीय निर्णायले परीक्षा र विज्ञापन रद्द नगरपालिकाको शिक्षा महाशाखा प्रमुख निलमणि खनालले बताउनुभयो ।