एभरेष्टमा फुटबल स्पर्धा शुरु

विराटनगर । विराटनगरको एभरेष्ट सेकेन्डरी स्कूलमा हाउसस्तरीय फुटबल टुर्नामेन्ट शुरू भएको छ ।

एभरेष्ट स्कूलका अध्यक्ष विनोद ढकालले रेफ्री मनिष खड्कालाई बल हस्तान्तरण गर्दै बिहीबार प्रतियोगिताको उद्घटन गर्नुभयो ।

खेलकुद विद्यार्थीको सर्वाङ्गिण विकासको मुल आधार भएको बताउँदै खेलकुदमध्ये फूटबल लोकप्रिय रहेको ढकालले उल्लेख गर्नुभयो । खेलकुदले अनुशासित, प्रतिष्पर्धी र शारीरिक तन्दुरुस्ती कायम गर्न सहयोग गर्ने उहाँको भनाइ थियो ।

टुर्नामेन्ट फागुन २९ गते समापन हुनेछ । प्रतियोगितामा मेची, कोशी, गण्डकी र कर्णाली हाउसका तीन समूहका १२ टिमले सहभागिता जनाउने स्कूलले जनाएको छ ।

विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख राजन भट्टराईका अनुसार कक्षा ३, ४ र ५ को एउटा, कक्षा ६ र ७ को दोस्रो र कक्षा ८ र ९ को तेस्रो समूह रहेका छन् । प्रत्येक समूहले आपसका चार हाउस टीमबीच प्रतिष्पर्धा गर्नेछन् ।

शुक्रबार, २८ फागुन, २०७७, बिहानको १०:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर