विराटनगरको भाटभटेनीको क्यूएफएक्स सिनेमा हल संचालन हुने

विराटनगर । शिवरात्रीको अवसर पारेर विराटनगरस्थित भाट्भटेनी सुपरमार्केटमा रहेको पूर्वकै सुविधा सम्पन्न क्यूएफएक्स सिनेमा हल भोली (बिहीबार)देखि पुनः संचालन हुने भएको छ ।

उक्त हल कोभिड १९ को कारणले बन्द रहेको थियो । ‘आगामी बिहीबार शिबरात्रीको दिनबाट संचालनमा आउने जानकारी गर्दछौं,’ भाटभटेनी सुपरमार्केटले व्यवस्थापकले आव्हान गरेकाे छ, ‘आमउपभोक्ता अनि सम्पूर्णमा हार्दिक स्वागत छ ।’

क्यूएफएक्स सिनेमा हल व्यवस्थाक सुशील मानन्धरले भोलीदेखि संचालन हुने हलमा ५/६ वटा शो हुने अपेक्षा गरेको बताए । ‘हामीले फर्म भर्न सुरु गरेका छौं,’ मानन्धरले भने, ‘कोभिड अगाडिको अवस्था चलेको बेला दैनिक ८ वटा १० वटासम्म शो हुन्थ्यो, यतिबेला भने ५/६ वटासम्म होला भन्ने अपेक्षा गरेका छौं ।’

कोभिड–१९ को कारण गत डिसेम्बर अन्त्यदेखि सो सिनेमा हल बन्द भएको थियो । ‘फिल्म हल संचालनमा ल्याउनु पर्छ भनेर निर्माता र निर्देशकहरुले प्रेसर पनि दिइरहेका थिए,’ मानन्धरले भने, ‘हल सुरक्षित छ । आवश्यक सुरक्षा अपनाएर संचालन गर्न लागिरहेका छौं, ढुक्क भएर दर्शकले मनोरञ्जन लिन सक्नुहुनेछ ।’

सिनेमा हल नियमित रुपमा संचालन गरिने बताउँदै मानन्धरले नयाँ–नयाँ फिल्म ल्याउन सक्नेमा आफूहरु विश्वस्त रहेको बताए । विराटनगरमा रहेका विभिन्न ४ वटा हलमध्ये भाटभटेनीले भने कोभिडपछि पहिलो पटक सिनेमाहल संचालन गर्न लागेको हो ।

बुधबार, २६ फागुन, २०७७, दिउँसोको ०१:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर