मोरङमा ९ दिने बडीबिल्डिङ तथा फिटनेश प्रशिक्षण हुने

विराटनगर । मोरङमा ९ दिने बडीबिल्डिङ तथा फिटनेश प्रशिक्षण तालिम सञ्चालन हुने भएको छ ।

मोरङ बडीबिल्डिङ एण्ड फिटनेश एशोसिएशन आयोजनामा आउँदो चैत्र २२ देखि ३० गतेसम्म प्रशिक्षण तालिम हुने भएको हो । तालिममा बडी बिल्डिङ तथा फिटनेश सम्बन्धी अन्तराष्ट्रियस्तरका प्रशिक्षकहरुद्धारा स्पोर्टस साइन्स, स्पोर्टस मेडिसिन र न्युट्रेसन सम्बन्धी तालिम समेत प्रदान गरिनेछ । बडीबिल्डिङ तथा फिटनेश मानव स्वास्थ्यसँग जोडिएको हुनाले प्रत्येक क्लबमा प्रमाणपत्र सहितको तालिम प्राप्त कोचको माग पुरा गर्न तथा प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

प्रशिक्षणमा मोरङ जिल्लाभरिबाट ५० जना प्रशिक्षार्थीहरुको सहभागी हुने आयोजक संस्थाका अध्यक्ष अमलेश कर्णले बताउनुभयो । उहाँले पुर्व मिस्टर नेपाल शिवलाल श्रेष्ठ र राजेन्द्र तुलाधर तालिमका मुख्य प्रशिक्षक रहेको जानकारी दिनुभयो ।

संस्थाले भने यसअघि ०७५ सालमा पनि प्रदेश १ र २ का प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिएको थियो ।

बुधबार, २६ फागुन, २०७७, दिउँसोको १२:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर