परीक्षा शाखाबाटै प्रश्नपत्र गायब गर्नेको राजिनामा माग

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका विद्यार्थी सङ्गठनहरुले परीक्षा शाखाबाटै माईक्रो बायोलोजीको प्रश्नपत्र गायब गर्ने बिषयमा संलग्नलाई राजिनामाको माग गरेका छन् ।

विद्यार्थी सङ्गठनहरुले सोमबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको सुक्ष्म अनुगमन गरि संलग्नहरुमाथि कानुनी कारबाहीको माग गरेका हुन । उनीहरुले त्रिभुवन विश्वविद्यालयको केन्द्रिय कार्यालयबाटै छानबिन समिति गठन गरि घटनाको अनुसन्धान गरिनुपर्ने बताएका छन् । विद्यार्थी सङ्गठनहरुले यसअघि पनि विज्ञान संकायको ‘फुड एण्ड एग्रीकल्चर’ बिषयको प्रश्नपत्र, परीक्षा सञ्चालन हुनु अगावै विद्यार्थीहरुमा बाँडिएको बिषयलाई पनि क्याम्पसको प्रशासनका सिमित व्यक्तिहरुको आन्तरिक मिलेमत्तोमा ढाकछोप गर्न खोजिएको आरोप लगाएका छन् । क्याम्पस प्रशासनको यो क्रियाकलापले विद्यार्थीहरुको भबिष्य संकटमा परेको विद्यार्थी सङ्गठनको ठहर छ ।

उनीहरुले ४८ घण्टाभित्र यस बिषयमा क्याम्पस प्रशासनले ठोस कदम नचाले संयुक्त विद्यार्थी सङ्गठनहरु कडा रुपमा प्रस्तुत हुने चेतावनी समेत दिएका छन् ।

 

मङ्गलबार, २५ फागुन, २०७७, साँझको ०५:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर