प्रश्नपत्र नहराएको दावी

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको परीक्षा शाखाबाट हराएको भनिएको प्रश्नपत्र नहराएको दावी त्रिभुवन विश्वविद्यालयले गरेको छ ।

प्रश्नपत्र नहराएको दावी गर्दै त्रिबिका सहपरीक्षा नियन्त्रक नन्द न्यौपानेले फरक विषयको प्रश्नपत्र आएका कारण झुक्किएको दावी गर्नुभयो ।

क्याम्पसमा प्राप्त भएको १७ मुठा प्रश्नपत्रमध्ये माइक्रो बायोलोजी २०३ विषयको प्रश्नपत्रको ठाउँमा २०२ को आएको र त्यसलाई छुट्टै स्थानमा सुरक्षित राखिएको न्यौपानेको भनाइ छ । तर, परीक्षा सञ्चालन गर्नुपूर्व माइक्रो बायोलोजी २०३ विषयको प्रश्नपत्र नभेटिएपछि हराएको आशंका गरिएको थियो ।

क्याम्पसका अनुसार माइक्रो बायोलोजी २०२ का परीक्षार्थी थिएनन् र छुट्टै राखिएको थियो । आइतबार सञ्चालित परीक्षाका लागि प्रश्नपत्र नभएपछि इमेलमार्फत प्रश्नपत्र मगाएर परीक्षा सञ्चालन गरिएको थियो ।

मङ्गलबार, २५ फागुन, २०७७, बिहानको ०९:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर