विराटनगर । मोरङको जहदामा लक्ष्मीनिया युवा क्लवद्वारा आयोजित वाई वाई वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता आजदेखि सेमिफाइनल खेल सुरु भएको छ।
आज पहिलो सेमिफाइनलमा जहदा–६ पोखरिया र लक्ष्मी युवा स्पोर्टिंङ क्लब बभनटोलीबीच प्रतिस्पर्धा भयो । उक्त प्रतिस्पर्धामा जहदा ६ पोखरिया ३९ रनले विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ । जहदा–६ पोखरियाले टस जितेर पहिले ब्याटिङ गरेको थियो । २० ओभरको समाप्तिसम्म पोखरियाले १७५ रन बनाउन सफल भयो । जहदा–६ पोखरियाको तर्फबाट नितेश सहनीले सबै भन्दा धेरै ५४ रन, बिनेश सहनीले ४७ रन, दिवसले २२ रन, मुकेशले १२ र अरुणले ७ रन बनाएका थिए।
यता लक्ष्मी युवा स्पोर्टिंग क्लबको तर्फबाट पप्पुले २ विकेट, श्रवण राजबंशीले २ विकेट, आशिषले १ विकेट र कुशले एक विकट लिएका थिए।
जवाफी ब्याटिंगमा उत्रिएको लक्ष्मी युवा स्पोर्टिंग क्लब १८ ओभरमै अलआउट हुँदै १३७ रन मात्र बनाउन सक्यो । लक्ष्मी युवा स्पोर्टिंग क्लबबाट रेवतीले ४५ रन, करणले २५ रन, आशिषले १२ रन, बरुनले ११ रन बनाएका थिए। पोखरीयाको तर्फबाट मुकेशले ३ विकेट, बिनेशले २ विकेट, दिवसले ४ विकेट, नितेस सहनीले १ विकेट लिए ।
खेलमा १ विकेट र ५४ रन लिएर म्यान अफ दि म्याच भएका नितेश शहनीलाई आयोजक लक्ष्मीनिया युवा क्लवका सदस्य अरविन्द राजभरले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए। अर्को सेमीफाइनल खेल मंगलबार एम.एम.सी. क्लब विराटनगर र कलाबन्जर युवा स्पोर्टिंग क्लब धनपाल्थानबीच हुने क्लबका अध्यक्ष नितेश कुमार शाहले जानकारी दिनुभयो। लक्ष्मीनिया युवा क्लवले आयोजना गरेको सो क्रिकेट प्रतियोगितालाई जहदा–५ वडा कार्यालयले आर्थिक सहयोग गरेको छ । वाईवाईले प्रायोजन गरेको प्रतियोगितामा मुस्ताङ बियर सह–प्रायोजक रहेको छ ।