महिलाहरुले गरे एक घण्टा सडक अवरोध

विराटनगर । १ सय १० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आइतबार महिलाहरुले विराटनगरमा सडक अवरुद्ध पारेका छन् ।
महिला मानवअधिकार रक्षक सञ्जाल र विभिन्न संघसंस्थामा आवद्द महिलाहरु भेला भई सडक अवरुद्ध गरेका हुन् ।

८ मार्च मा मनाइने यस दिवसमा यो वर्ष विश्वभरका महिलाहरुले एक घण्टा ‘स्ट्राइक’ गर्ने कार्यक्रम तय भएको थियो । सोहि अनुशार महिला रोकिए संसार रोकिन्छ भन्ने नारा सहित दिवस मनाइएको हो ।

विराटनगरको तीनपैनी चोकमा ब्यानर र प्लेकार्ड सहित भेला भएका महिलाहरुले हातेसाङ्लो बनाएर सडक अवरुद्ध गरेका हुन् सडक अवरोध हुँदा केहिबेर सडक प्रयोगकर्तालाई सास्ती भएको थियो ।

सडक अवरोध पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै महिला मानवअधिकार रक्षक राष्ट्रिय सञ्जालकि सदस्य तथा मोरङक मञ्जिता उपाध्यायले मर्यादित काम र जीवन धान्ने ज्याला हुनुपर्ने, घरभित्रको कामको समेत मूल्याङ्कन हुनुपर्ने, लैङ्गिक विभेदमा आधारित हिंसाको अन्त्य हुनुपर्ने बताउनुभयो ।

यस्तै स्रोत शक्ति र अवसरमा न्यायपूर्ण पहुँच र सवैको लागि खाद्य सम्प्रभुतालगायतका मागहरु राख्दै आएको स्मरण गराउनुभयो । उहाँले यी मागहरु विश्वव्यापी रुपमा महिलाहरुले उठाउँदै आएको समेत बताउनुभयो ।

कार्यक्रममा महिला अधिकारवादी साहित्यकार शोभा बजगाँईले महिला रोकिए संसार रोकिन्छ भन्ने शिर्षकको कविता वाचन गर्नुभएको थियो । कोणसभापछि उपस्थित महिलाहरुले विभिन्न नारा लगाएका थिए ।

आइतबार, २५ फागुन, २०७६, दिउँसोको ०३:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर