विराटनगर । विराटनगर– २ स्थित मुनाल मनोरञ्जनालय तथा गोपिनाथ पुस्तकालयमा सविता अधिकारीको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
संस्थाको साधारणसभाले सर्वसहमत रुपमा १३ सदसीय कार्यसमिति चयन गरेको हो । संस्थाको उपसभापतिमा प्रफुल पोखरेल र सुचिप राजभण्डारी, महासचिवमा सीमा न्यौपाने, सहसचिवमा अमित रेग्मी र कोषाध्यक्षमा मञ्चु चापागाई निर्वाचित हुनुभएको छ ।
यस्तै सदस्यहरुमा क्रमश : कर्णसिंह चापागाईं, निरज पोखरेल, शोभा न्यौपाने, मुना राजभण्डारी, समिर खनाल, प्रविण निरौला र राजेन्द्र श्रेष्ठ चयन हुनुभएको छ ।
२०२६ सालमा स्थापना भएको सो संस्थामा करिब एकदशकपछि नयाँ नेतृत्व पाएको हो । खेलकुदका गतिविधिका साथमा विभिन्न सामाजिक काम गर्दै आएको यस संस्थालाई थप चलायमान बनाउने नवनिर्वाचित कार्यसमितले जनाएको छ ।