ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाको गाउँसभाले प्रदेश नं. १ का भौतिक तथा पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङविरुद्ध खेद प्रस्ताव पारित गरेको छ ।
सोहि क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य रहेका गुरुङले गाउँपालिका र अध्यक्ष निशान्त शर्मासहित जनप्रतिनिधि विरुद्ध अमर्यादित टिप्पणी गरेको भन्दै गाउाँसभाले खेद प्रस्ताव पारित गरेको हो ।
गत माघ ३० गते चिशंखुगढी २ को खीभञ्ज्याङमा आयोजित नेकपा ओली समूहको सभामा राज्यमन्त्री गुरुङले गाउँपालिकाका जनप्रतिनिधिमाथि तथानाम गालीगलौज गरेका थिए । गाउँपालिकाको गत फागुन ७ देखि शुरू भएको आठौं गाउँसभाले वडाअध्यक्ष नरेन्द्र बस्नेतको प्रस्ताव तथा गाउँपालिकाका उपाध्यक्ष सुष्मिका राई र वडाअध्यक्ष उषक कटवालको समर्थन रहेको खेद प्रस्ताव पारित गरेको हो ।
राज्यमन्त्रीले सार्वजनिक स्थलमा कपोकल्पित र गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको भन्दै भत्र्सनासहित खेद प्रकट गर्ने विशेष प्रस्तावलाई गाउँसभाले सर्वसम्मत पास गरेको हो ।
गाउँपालिकाको विकास निार्मण सम्बन्धमा आफ्नो निर्देशन नमानेको भन्दै राज्यमन्त्री गुरुङले सार्वजनिक रुपमा गाउँपालिकाका अध्यक्ष शर्माविरुद्ध अमर्यादित गालीगलौज गर्दै आएका छन् ।
मन्त्रीजस्तो महत्वपूर्ण जिम्मेवारीमा रहेका गुरुङले गाउँपालिकाका जनप्रतिनिधिको मर्यादा राखेर बोल्नुपर्नेमा जथाभावी बोलेको भन्दै जनप्रतिनिधिहरू आक्रोशित भएका थिए । राज्यमन्त्री गुरुङले गाउँपालिकाका अध्यक्ष शर्मालगायतका जनप्रतिनिधिले प्रदेश सरकारको बजेट भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।
गाउँपालिकाकाका जनप्रतिनिधिले भने असार मसान्तमा जथाभावी बजेट ल्याएर कामै नगरी गुरुङले अपचलन गरेको दावी गर्दै आएका छन् । उनीहरुले राज्यमन्त्रीले लगाएको आरोप प्रमाणित गर्न चुनौति दिएका छन् ।
विकासका काममा आसेपासेले पैसा उठाएको कुरा स्थानीय जनप्रतिनिधिको जानकारीमा आएपछि त्यसलाई गाउँपालिकाको तर्फबाट रोक्नखोज्दा राज्यमन्त्री आपूmहरुमाथि खनिएको अध्यक्ष शर्माले दावी गर्नुभयो । पैसा र चाप्लुसीको आडमा मन्त्री बनेका गुरुङले अराजनीतिक र गुण्डागर्दी शैली प्रयोग गरेको भन्दै उहाँले त्यसमा आपूmहरुले प्रतिवाद गरेको बताउनुभयो ।
गालिगोल्ज भने कुरा कसैले कसैलाई गर्नु मिल्दैन रह्यो बिकस को कुरा बिकास भने को सबैले मिलेर गर्ने हो हेपेर बोल्नु गालि गर्नु त्योत राजय मन्त्री तेति थुलो माने गने मान्छे तेस्तो कुरा बोल्नु भयो भने अरु सर्बसाधर्न्ले के बाकि राखछ्न्त खैईत positive शोच
सम्बन्धित निकायको ध्यानाकर्षण होस् यथाशीघ्र सत्य तथ्य छानबिन गरी दोषीलाई हदैसम्मको कार्वाही गरिनुपर्छ