विराटनगरमा ‘बन्धन मेसन मिट’ : ठेकदारको ५ लाखको दुर्घटना बिमा

विराटनगर । बन्धन सिमेन्ट उत्पादक नेपाल अल्ट्राटेक सिमेन्ट प्रा.लि.ले विराटनगरमा बन्धन मेसन मीट २०७७ कार्यक्रम गरेको छ । अल्ट्राटेक प्रा.लि.ले निर्माण सम्बन्धी कार्य गर्ने ठेकेदारहरूको भेला गरी उक्त कार्यक्रम गरेको हो ।

सिमेन्टको बारेमा जानकारी दिन आयोजित उक्त कार्यक्रममा बन्धन सिमेन्टको तर्फबाट कार्यक्रममा सहभागी ठेकेदारहरूको ५ लाखसम्मको दुर्घटना जीवन बिमा समेत गरिएको छ ।

बिमाको लागि कम्पनीले शिखर इन्स्योरेन्ससँग सम्झौता गरेको हो । कार्यक्रममा सहभागीहरूको त्यतीबेलै बिमा गराउने व्यवस्था गरिएको थियो भने कार्यक्रममा उपस्थितले अन्य समयमा पनि बिमा कम्पनीमा सम्पर्क गर्न सक्ने प्रावधान मिलाइएको जानकारी दिइएको छ ।

कार्यक्रममा नविल बैङ्कले निःशुल्क खाता खोली २ जीवी इन्टरनेट डाटा ब्याक दिएको थियो भने एनसीएलको तर्फबाट निःशुल्क सिम कार्ड वितरण गरेको थियो ।

कार्यक्रममा निर्माण कार्य गर्दा ध्यान दिनु पर्ने कुराहरूको बारेमा र सिमेन्टको गुणस्तरको बारेमा सन्देश दिइएको थियो । कम्पनीको तर्फबाटअखिलेश कुमार सिंहले सिमेन्टको प्राविधिक पक्षको विषयमा जानकारी दिएका थिए ।

उनले बन्धन सिमेन्ट निकै मसिनो रहेको, जर्मन प्रविधिको प्रयोग गरिएको र ल्याबको निरन्तर जाँचबाट स्तरीय उत्पादन गर्न सफल रहेको जानकारी दिएका थिए । उनले पीपीसी ओपीसी पीएससीको बारेमा जानकारी दिँदै सबै प्रकारका सिमेन्टमा बन्धन उत्कृष्ट रहेको दाबी गरे ।

कार्यक्रममा श्री कृष्ण लुइँटेल बोकेदारिले साङ्गीतिक प्रस्तुति गरेका थिए । यस्तै पारस थापाले क्यारीकेचर मार्फत मनोरञ्जन गराएका थिए । कम्पनीले विराटनगर पछि दमक हुँदै बिर्तामोड इटहरी लगायत ठाउँमा पनि कार्यक्रमलाई निरन्तरता दिने बन्धन सिमेन्टका अध्यक्ष मनिष कुमार मारुले जानकारी दिएका छन् ।

आइतबार, ०९ फागुन, २०७७, दिउँसोको ०१:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर