मन्त्रीले बहिष्कार गरेपनि संसद चल्छः सांसद अधिकारी (भिडियो अन्तरवार्ता)

विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव टेबल गर्नै नदिने गरी मुख्यमन्त्रीले प्रयत्न गरिरहनु भएको छ ।

तर, अविश्वासको प्रस्तावको पक्षमा रहेका सोही पार्टीका सांसद लिलाबल्लभ अधिकारी भने भोली (फागुन ९ गते) बस्ने संसद बैठकमा अविश्वासको प्रस्ताव टेबल हुनुपर्नेमा जोड दिन्छन् ।

संविधान, संसद संचालन नियमावली र संघीय कानूनका कुनै पनि प्रावधानले अविश्वासको प्रस्ताव अवैधानिक नरहेको जिकिर गर्दै अधिकारीले विश्वासको मत लिनका लागि मुख्यमन्त्रीलाई आग्रह पनि गरे । ‘दलमा विश्वास गुमाइसकेपछि संसदमा मेरो विश्वासको मत छ कि छैन भनेर आफैं सभामुलाई आग्रह गर्नुपथ्र्यो’, अधिकारीले भने, ‘तर, संसदीय मूल्य, मान्यता विपरीत अविश्वासको प्रस्ताव पारित हुने डरले विभिन्न कुरा गरेर मुख्यमन्त्रीले आफूलाई अल्झाउनु हुँदैन ।’

उनले दलका नेता तथा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने बेलामा कसैले पनि सोही मानिसलाई जानकारी नगराउने दाबी पनि गरे ।

सांसद लिलाबल्लभ अधिकारीसँगको अन्तरवार्ता हेर्नुहोस्

शनिबार, ०८ फागुन, २०७७, दिउँसोको ०१:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर