राईलाई अस्पताल लगियो

उर्लाबारी । आर्थिक अभावका कारण उपचार नपाएका मोरङको उर्लाबारी–७ का ५५ बर्षीय लालबहादुर राई (राई दाई) को उपचारका लागि लगिएको छ ।

नसा रोगबाट थलिएका राईलाई उपचारका लागि शुक्रबार नोबेल अस्पताल विराटनगर लगिएको हो ।

राईको उपचारका लागि सहयोग जुट्न थालेपछि उपचारका लागि नोबेल लगिएको सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो । उर्लाबारी वडा नं. ७ का सदस्य निरोज तिम्सिनासहितको उपस्थितिमा उपचारका लागि लगिएको हो ।

आर्थिक अवस्था कमजोर भएका राई आफन्तको शरणमा बस्दै आएका छन् । जनमन गरेर परिवारको जीविकोपार्जन गर्दै आएका राई १ बर्षदेखि नसा रोगका कारण थलिएका छन् ।

राई परिवारको आर्थिक अवस्था ज्यादै नाजुक रहेकाले देशविदेशमा रहनु भएका सहयोगी महानुभावलाई सकेको सहयोग गर्न पीडित परिवारले अपिल गरेको छ ।

शनिबार, २४ फागुन, २०७६, बिहानको ०९:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर