स्नुकर प्रतियोगिता हुने

विराटनगर । नेपाल फष्ट व्रेक स्नुकर क्लवको आयोजनामा अल नेपाल खुल्ला स्नुकर प्रतियोगिता आयोजना हुने भएको छ ।

विराटनगरमा शनिबार क्लबले पत्रकार सम्मेलन गरी चैत २ गतेदेखि प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो ।

दश दिनसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका गरि १ सय २८ जना खेलाडी सहभागी रहने क्लबका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो । करिब ३० लाख खर्च हुने अनुमान गरिएको प्रतियोगिताको विजेताले १ लाख ८० हजार रुपैयाँ नगद तथा ट्रफि प्राप्त गर्नेछन् ।

दोस्रो हुनेले ८० हजार तथा सेमिफाइनबाट बाहिरिने खेलाडीलाई जनही २५ हजारसहित आकर्षक पुरस्कार दिइने सचिव निमेश बस्नेतले बताउनुभयो । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई नगद १५ हजार, प्रतियोगिताभर १ सयभन्दा बढी स्कोर गर्ने एक खेलाडीलाई नगद ३० हजार तथा ७० भन्दा बढी स्कोर गर्ने एक खेलाडीलाई नगद १५ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ ।

शनिबार, २४ फागुन, २०७६, रातीको ११:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर