झापाबाट ब्राउनसुगरसहित २९ पक्राउ

विर्तामोड । प्रहरीले लागूऔषध ओसारपसार बिरुद्धको कारबाहीलाई आक्रामक बनाएपछि झापाबाट माघ र फागुनमा ३० जना पक्राउ परेका छन् ।

प्रहरीले लागूऔषध ओसारपसारबिरुद्धको कारबाही तीब्र बनाएपनि कारोबारीले बरु नयाँ–नयाँ शैली अपनाएर तस्करी गर्ने कोसिस गरिरहेका छन् ।

अर्जुनधारा–११ का २३ वर्षीय समिर माझी र २२ वर्षीय सुरज माझीलाई गत बुधबार प्रहरीले फुलकोपीमा लुकाएर ४ दशमलव ५ ग्राम ब्राउनसुगर तस्करी गर्न लागेको अवस्थामा पक्राउ ग¥यो । उनीहरुमाथि लागूऔषध ऐन अन्तर्गत जिल्ला अदालत झापाबाट म्याद थप गरेर बिस्तृत अनुसन्धान थालिएको झापाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) कृष्ण कोइरालाले जानकारी दिनुभयो ।

बिहीबार काँकडभिट्टा ६ भन्सार मुलगेट अगाडिबाट मोटरसाईकलको ट्यांकीभित्र प्लाष्टिकमा पोको पारेर लुकाएको २६ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ परे । ईलामको चुलाचुली ४ का २७ वर्षीय निशान राई र झापाको दमक १ का २४ वर्षीय रोशन पोद्दार पक्राउ परेका हुन् ।

यसैगरी झापाको बुद्धशान्ति ४ का २१ वर्षीय अमिर लिम्बू १ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर आफ्नै मुखभित्र प्लास्टिकमा पोको पारेर राखेको अवस्थमा पक्राउ परे । गत फागुन ९ गते राति काँकडभिट्टा सिमा एरियाबाट उनलाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले पक्राउ गरेको हो ।

बिहीबार झापाको अर्जुनधारा ११ स्थित बसपार्क छेउको माउन्ट मेची होटलबाट लागुऔषध ब्राउनसुगरसहित पाँचथरको फाल्गुनन्द ३ का २५बर्षीय बिबेक तामाङ, २१ बर्षीय समिर लिम्बु, २४बर्षीय सन्जु चेम्जोङ, १८ बर्षीय दिपेन नेम्वाङ, झापा अर्जुनधारा ६ का १८बर्षीय रोशन गुरुङ र ईलामको देउमाई नगरपालिका २ का २० बर्षीय सन्तोष तामाङ ३९ ग्राम २९ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परे । पक्राउ परेका ६जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भईरहेको छ ।

यस्तैगरी फागुन ७ गते झापाको काँकरभिट्टा सिमाढाट एरियाबाट २ ग्राम ब्राउनसुगरसहित बिर्तामोड ६ का १९ वर्षीय मनिस लिम्बू र ताप्लेजुङको मिक्वाखोला ७ का २४ वर्षीय मुकेश थलङ पक्राउ परे । भारतको पानीट्यांकीबाट मे ११ प ६२८६ नम्बरको स्कुटरमा आईरहेका उनीहरु ब्राउनसुगरसहित पक्राउ परेका हुन्।

फागुन ८ गते झापाको मेचीनगर नगरपालिका १० टिकापुरबाट १०० ग्राम ब्राउनसुगरसहित मेचीनगर नगरपालिका १० का ३८ वर्षीय हिरालाल राजवंशी पक्राउ परे । फागुन ३ गते मेचीनगर ६ बाट भारतीय नागरिक ३२ वर्षीय सपन अधिकारी ५ ग्राम ब्राउनसुगरसहित पक्राउ परे ।

माघ १७ गते लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले विर्तामोड ६ का २६ वर्षीय प्रदिप थापा मगरलाई ५ ग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ ग¥यो भने बिर्तामोडको कृष्ण हल छेउबाट हल्दिवारी ४ का २१ वर्षीय सौगात मगर, विवेक राई र सन्तोष चुडाल ३ ग्राम ब्राउनसुगरसहित पक्राउ परे ।

माघ ७ गते विर्तामोडबाट १६ ग्राम ब्राउनसुगरसहित मेचीनगर १३ बस्ने २१ वर्षीया रोशनी तामाङ, २३ वर्षीय विवेक तामलिङ सुब्बा र सिन्धुपाल्चोकका २० वर्षीय राजेन्द्र शिवाकोटी पक्राउ परे । यस्तै माघ ४ गते बिर्तामोड ३ बाट २७ ग्राम ब्राउनसुगरसहित २६ वर्षीय विकास उप्रेती र सुवास तामाङ पक्राउ परे ।

माघ ३ गते झापाको कन्काई नगरपालिका ३ सुरुङ्गाबाट ३५ ग्राम ब्राउनसुगरसहित मोरङको उर्लावारी १ का २५ वर्षीय नितेन कार्की र विर्तामोड ३ का ३९ वर्षीय राजनप्रसाद उप्रेती पक्राउ परे भने सोहि दिन विर्तामोड १ पश्चिम बसपार्कबाट १० ग्राम ब्राउनसुगरसहित दमक ३ का ३५ वर्षीय सनबिर तामाङ र पाँचथरको फिदिम नगरपालिका २ की २० वर्षीया अञ्जना ढुंगानालाई इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ ग¥यो । लगत्तै विर्तामोड ५ कृष्णहल छेउबाट ८ ग्राम ४५ मिलिग्राम ब्राउनसुगरसहित भद्रपुर नगरपालिका २ का२८ वर्षीय दिनेश माझी पक्राउ परे ।

ब्राउनसुगर अत्यन्तै महंगो लागुऔषध मानिन्छ । यसको ग्रामकै दशौं हजार मूल्य पर्ने बताइएको छ ।

आइतबार, २५ फागुन, २०७६, बिहानको ०६:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर