प्रदेशस्तरीय बास्केटबल प्रतियोगिता हुने

धरान । सुनसरीको धरान स्थित धरान बास्केटबल संघले पहिलो पटक प्रदेशस्तरीय बराह ज्वेलर्स महिला तथा पुरुष बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

चैत ७ गतेदेखि सञ्चालन भई १२ गते सम्पन्न हुने प्रतियोगितामा प्रदेश नं. १ मा रहेका विभिन्न विद्यालयका छात्राहरुले प्रतिष्पर्धा गर्ने आयोजकले जनाएको छ ।

पुरुष र महिला दुबैको बास्केटबल खेलमा विकास गर्ने उद्देश्य अनुरुप आयोजना हुने प्रतियोगितामा विद्यालय, कलेज र क्लबले भाग लिन पाउने आयोजन समितिका संयोजक विकास चाम्लिङ राईले जानकारी दिनुभयो । पुरुषतर्फ २२ वर्ष तथा महिलातर्फको जुनसुकै उमेरका खेलाडीहरुले भाग लिन पाउने भएका छन् ।

प्रतियोगितामा पुरुषतर्फ विजेता हुने टिमले २० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो हुनेले नगद १० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिलातर्फको बिजेताले १० हजार तथा दोस्रो हुनेले नगद ५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रमका संयोजक तथा बास्केटबल प्रशिक्षक राईले जानकारी दिनुभयो ।

पुरुषतर्फको १२ टिम र मिहिलातर्फ ८ टिमको सहभागिता प्रतियोगितामा हुने बताइएको छ । प्रतियोगितामा ईलाम, बिर्तामोड, दमक, बिराटनगर, ईटहरी, तरहरा, उदयपुर, बेलबारी, धनकुटा र धरानबाट सहभागिता रहनेछ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी र उदयीमान खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । विद्यालय स्तरदेखि नै बास्केटबल खेलको विकासमा लागेको धरान बास्केटबल संघले कक्षा ११ देखि ब्याचलरसम्मका विद्यार्थीहरुलाई लक्षित गरी प्रतियोगीता गराउन लागेको हो । बि.स. २०५९ सालमा स्थापना भई बास्केटबल संघले विभिन्न प्रतियोगितामा योगदान दिँदै आइरहेको बास्केटबल संघ जिल्ला कार्यसमिति सुनसरीका अध्यक्ष सुरजकुमार लामाले जानकारी दिनुभयो ।

आइतबार, २५ फागुन, २०७६, बिहानको ०२:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर