निःशुल्क मास्क वितरण

विराटनगर । प्रदेश नं. १ को राजधानी विराटनगरमा शनिबार सर्वसाधारणहरुलाई निःशुल्क मास्क वितरण गरिएको छ ।

विश्वव्यापी रुपमा फैलिँदै गएको नोबेल कोरोना भाईरसको संक्रमणबाट बच्न विराटनगरस्थित पञ्चमुखी हनुमान मन्दिर अगाडि मास्क वितरण गरिएको हो ।

सामाजिक अभियन्ता चान्द ईराकीको पहलमा विभिन्न दाताहरुको सहयोगमा एक हजार थान टु लेयर मास्क वितरण गरिएको हो । कोरोना भाईरसको नाममा जारी कालाबजारीलाई निरुत्साहित पार्ने उद्देश्यले मास्क वितरण गरिएको अभियन्ता ईराकीले बताउनुभयो ।

मास्क वितरणको अवसरमा अनेरास्ववियुका नेता वसिम आलमले कोरोना भाईरसको नाममा मास्कको कृतिम अभाव सिर्जना गरी पैसा कमाउनेलाई तत्काल कार्वाही गर्न माग गर्नुभयो । मोरङ्गका प्रहरी उपरीक्षक विश्व अधिकारीले कोरोना भाईरसबाट जोगिन सर्वप्रथम आफैले संयमता अपनाउनुपर्ने उल्लेख गर्दै भाईरसको नाममा आतंक फैलाउने र कालोबजारी गर्नेलाई कानूनको दायरामा ल्याउन सबै नागरिक पनि जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।

मास्क वितरणको क्रममा सर्वसाधारणहरुलाई कोरोना भाईरसको लक्षण र यसबाट जोगिन अपनाउनुपर्ने सावधानीबारे पनि जानकारी गराईएको थियो ।

आइतबार, २५ फागुन, २०७६, बिहानको ०६:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर