फरार प्रतिवादी पक्राउ

ताप्लेजुङ ।जिल्ला अदालत ताप्लेजुङबाट कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद घोषणा भई फरार रहेका प्रकाश तामाङलाई पक्राउ गरी कारागार चलान गरिएको छ ।

जिल्लाको मैवाखोला गाउँपालिका वडा नं. १ ढुङ्गेसाँघुका तामाङलाई शुक्रबार ताप्लेजुङ कारागार चलान गरिएको हो ।

फरार रहेका उनलाई दमक प्रहरीसँगको समन्वयमा बिहीबार दमकको गुम्बाचोकबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी इन्स्पेक्टर विष्णुबहादुर खड्काका अनुसार उनलाई जिल्ला ल्याएर अदालतमा पेश गरेपछि कारागार चलान गरिएको छ । उनले २०६६ साल पुस २ गते राति ढुङ्गेसाँघुकै २४ वर्षीय राजेन्द्र लिम्बूलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेका थिए ।

शनिबार, २४ फागुन, २०७६, साँझको ०६:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर