विराटनगर । पूर्वराजा ज्ञानेन्द्र शाहले आज साँझ विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा एक घण्टा बिताउनु भएको छ ।
साँझ साढे ५ बजेतिर भाटभटेनी प्रवेश गर्नुभएका पूर्वराजा शाह झण्डै एक घण्टा घुमेर फर्किनुभएको सुपरमार्केटका शाखा प्रमुख सरिता राईले जानकारी दिनुभयो । पूर्वराजा भाटभटेनी प्रवेश गरेसँगै कर्मचारीले स्वागत गर्दै फोटो समेत खिचाएका थिए ।
पूर्वराजा शाहले आफूहरुसँग ग्राहक नेपालका की भारतका बढी आउँछन् ? स्वदेशी उत्पादनको बजारको अवस्था कस्तो छ ?, उपभोक्ताको रुची के मा देखिन्छ ? जस्ता जिज्ञासा राख्नु भएको राईले बताउनु भयो । उहाँका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहले केही किचनका सामाग्रीसहित किरानाका गरी १ लाख रुपैयाँसम्मको सामानहरु खरिद गर्नुभएको थियो ।
सबै तस्बिर सौजन्यः सन्तोष सिग्देल