विराटनगर । मिस एण्ड मिस्टर रौनियार २०७७ प्रतियोगिता हुने भएको छ । एमि इन्टरटेन्टमेन्ट प्रा.लि.को आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।
आयोजक समितिले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरि मिस एण्ड मिस्टर रौनियार प्रतियोगिताको लागि छनौट चरणको अडिसन सुरु भएको जानकारी दिएको छ । प्रतियोगिताको कार्यक्रम संयोजक भरत रौनियारको अनुसार विराटनगरमा तेस्रो चरणको अडिसन माघ २४ गते हुने छ । विराटनगरमा हुने अडिसनमा तीन दर्जन बढी किशोरीहरूले भाग लिने आयोजकको अपेक्षा छ । रौनियार सामुदायका किशोरीहरूमा भएको प्रतिभा उजार गर्नुको साथै उनीहरूको व्यक्तित्व विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा १६ देखि ३० वर्ष उमेर समूहका अविवाहित किशोरीहरूले भाग लिन पाउनेछन् ।
यसअघि काठमाण्डौं, जनकपुर र बीरगन्जमा सो प्रतियोगिताको लागि छनौट चरणको अडिसन सम्पन्न भएको कार्यक्रम संयोजक रौनियारले जानकारी दिनुभयो । ‘यसअघि तीन स्थानमा भएको छनौट चरणको अडिसनबाट २८ जना प्रतियोगि फाइनलको लागि छनौट भएका छन्,’कार्यक्रम संयोजक रौनियारले भन्नुभयो, ‘विराटनगरमा हुने अडिसनबाट पनि सोही संख्यामा प्रतियोगि छनौट गर्ने तयारी गरेका छौं ।’
विभिन्न चरणबाट फाइनलमा २५ जना प्रतियोगिहरूलाई लैजाने आयोजकको तयारी छ । सो प्रतियोगिताको फाइनल काठमाण्डौंमा हुनेछ । प्रतियोगितामा विभिन्न नाम दिएको एवार्डहरू रहेको बताइएको छ । यस प्रतियोगिताको बिजेताले आकर्षक क्राउन, गिफ्ट ह्याम्पर विभिन्न अवसरहरू प्राप्त गर्ने बताइएको छ । यसअघिको मिस्टर रौनियारमा आशिष गुप्ता र मिस निरौयारमा प्रिया रौनियारले उपाधि जितेकी थिइन् ।