रमाईलो च्यालेन्ज कपको उपाधि हिमाली युनाइटेडलाई

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकास्थित रमाइलोमा आयोजित रमाइलो च्यालेन्ज कप नक आउट फुटबल प्रतियोगिताको उपाधी हिमाली युनाइटेड क्लब बिहीबारेले चुमेको छ ।

आजको फुटबल प्रतियोगितको फाइनल खेलमा रमाइलो फुटबल क्लबलार्इ ३—० गोल अन्तरले पछि पार्दै हिमाली युनाइटेड फुटबल क्लबले उपाधी चुमेको हो ।

प्रतियोगिताको पहिलो हाफको ३० औं मिनेटमा युनाइटेट क्लबका १२ नं जर्सीका अस्मिन रार्इले पहिलो गोल गरे । पहिलो हाफको ३३ औं मिनेटमा युनाइटेडकै ८ नं. जर्सीका बिक्रम गुरुङले दोश्रो गोल गरेका थिए । प्रतियोगिताको दोश्रो हाफको २९ औं मिनेटमा युनाइटेडका जर्सी नं. २ का बिश्वजीत रार्इले टीमका लागि तेश्रो गोल गर्दै रमाइलो फुटबल क्लबलार्इ ३—० अन्तरले पछि पारेको हो ।

प्रतियोगिताको फाइनलका खेल बिजेता हिमाली युनाइटेड क्लबले नगद २५ हजार , शिल्ड र प्रमाणपत्र र उप बिजेता टिम रमाइलो फुटबल टिमले १५ हजार नगद शिल्ड र प्रमाणपत्र हात पारेको छ ।

फाइनल खेलको पहिलो गोलकर्ताको उपाधी बिजेता टिमका १२ नं. जर्सीका अस्मिन रार्इले हात पारे । प्रतियोगिता भरिका सर्वाधिक गोलकर्ताको रुपमा हिमाली युनाइटेडका जर्सी नं. ७ का काजीमान रार्इ र रमाइलो फुटबल टिमका जर्सी नं. ७ का कमल परियार घोषित भए । खेलको उत्कृष्ट खेलाडीको रुपमा बिजेता टिमका जर्सी नं. ७ का काजीमान रार्इ घोषित भए । प्रतियोगिताको अनुशासित खेलाडीको रुपमा बिजेता टिमका जर्सी नं. १४ का तारामान घिसिङ घोषित भए ।

कानेपोखरी सेवा समाजद्वरा गत माघ १७ गते देखि आयोजना गरेको फुटबल प्रतियोगिताको फाइनल खेलको औपचारिक कार्यक्रमका बिच उद्घाटन भएको थियो । आजको कार्यक्रममा कानेपोखरी गाउँपालिका अध्यक्ष तारा बहादुर काफ्लेलगायत अन्य समाजसेवी तथा खेल प्रेमीहरुको उपस्थिति रहेको थियो ।

सोमबार, १९ माघ, २०७७, रातीको ०८:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर