राजविराजमा बाल उद्यान निर्माण हुने

राजविराज । राजविराज नगरपालिका–१ मा बाल उद्यान (चिल्ड्रेन पार्क) निर्माण हुने भएको छ । नौ करोड रुपैयाँको लागतमा बन्न लागेको बालउद्यानको वडाध्यक्ष चन्द्रशेखर चौधरीले शिलन्यास गर्नुभएको छ ।

२६ कट्ठा जग्गामा पर्खालसहित निर्माण हुने सो उद्यानमा बगैँचा, विभिन्न खेलकुदका सामग्री र साधन, सोलार, खानेपानी, शौचालय, आरामदायी कुर्सीलगायत विभिन्न सुविधा उपलब्ध रहने अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

निर्माणको ठेक्का पाएको रसुवारोसन जेबी कन्ट्रक्सनले काम शुरु गरिसकेको छ । ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीका प्रतिनिधि मनोजकुमार यादवले जानकारी दिनुभयो ।

शुक्रबार, २३ फागुन, २०७६, दिउँसोको ०२:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर