बलात्कार कसुरमा नौ वर्ष जेलसजाय

गाईघाट । बलात्कार गरेको कसुरमा जिल्ला अदालत उदयपुरले त्रियुगा नगरपालिका– १६ का ४३ वर्षीय भीमबहादुर तामाङलाई ९ वर्ष जेलसजाय तोकेको छ ।

शारिरिक अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा तामाङलाई ९ वर्ष जेलसजाय सँगै पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

जिल्ला अदालतका न्यायाधीश मनोज केसीको इजलासले सो फैसला गरेको अदालतका स्रेस्तेदार राजकुमार आचार्यले बताउनुभयो ।

स्रेस्तेदार आचार्यका अनुसार तामाङले २०७६ साल जेठ १२ गते ती महिलालाई बलात्कार गरेपछि पीडितका आफन्तले प्रहरीमा तामाङविरुद्ध उजुरी दिएका थिए ।

तत्कालै तामाङलाई प्रहरीले पक्राउ गरेर अनुसन्धानपछि मुद्दा दर्ता गरी पुर्पक्षका लागि थुनामा राखेको थियो ।

शुक्रबार, २३ फागुन, २०७६, दिउँसोको ०२:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर