रमाइलो क्याम्पसद्वारा रक्तदान

कानेपोखरी । मोरङको कानेपोखरी–५ भौंसाबारीमा रहेको रमाइलो बहुमुखी क्याम्पसको २९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान गरिएको छ ।

रक्तदान कार्यक्रममा ३० पिन्ट रगत संकलन भएको क्याम्पसका शिक्षक राम श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटन क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दुर्गाबहादुर कार्कीले गर्नुभएको थियो ।

सोही अवसरमा बिबिएस प्रथम वर्षका विद्यार्थीलाई स्वागत पनि गरिएको थियो भने बिबिएस चौथो वर्षका विद्यार्थीलाई विदाई गरियो ।

यस्तै कक्षा ११ र १२ का विद्यार्थीलाई ३/३ हजार छात्रवृत्ति प्रदान गर्नुको साथै बिबिएस दोस्रो र तेस्रो वर्षका विद्यार्थीलाई ५/५ हजारका दरले सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा कानेपोखरी गाउँपालिकाका प्रमुख ताराबहादुर काफ्ले, प्रमुख प्रशासकीय अधिकृत गायत्रा श्रेष्ट, कानेपोखरी गाउँपालिकाका राजनीति दलका प्रतिनिधिहरू, सबै वडाका वडा अध्यक्ष, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

बिहिबार, १५ माघ, २०७७, साँझको ०५:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर