सलल खोली बगे
तारा झलमल
विम्व भइ तिम्रो मुहार आउँदा
म परे अलमल ।
प्रत्येक साङ्लाभित्र
बाँधिएर मुर्छा पर्दा
तिम्रो अमृतरुपि वचन सुनी
त्यसैमा लट्ठ पर्दा
हजार संगिनका
यातना बिर्सिदिए
छटपटिका दुखाइ
बिर्सिदिए ।
जब तिम्रो भेट
मसँग हुँदा
प्रेमका ताजमहल बनाइसके
प्रेम युद्धमा सफल हुन
हजारौं किल्ला बनाउने
योजना तयार पारे
सिर्फ तिम्रो साथ चाहियो
तिमी मलाई साथ देउ ।
जब तिम्रो पाउनेछु
युद्धका दुश्मनलाई
मोर्चामा लडाउनेछु
तिम्रो मन्द मुस्कानको
इरादा देउ
सम्पूर्ण दुश्मनलाई
निस्तेज बनाउनेछु ।
आउन मलाई साथ देउ
तिम्रो साथमा नै जीतको
हारी टल्केको छ
तिम्रो समर्थनमा नै
मेरो सम्पूर्ण जीवन
भुलेको छ ।