विराटनगर । प्रदेश नं. १ मा पहिलोपल्ट पूर्वी तराईका जिल्लाहरूलाई समेटेर सौन्दर्य प्रतियोगिता मिस्टर एण्ड मिस तराई २०२१ हुने भएको छ ।
पछिल्लो समय अमर्यादित र अवान्छनीय रुपमा हुँदै आएको गतिविधिलाई निरुत्साहित पार्ने उद्देश्यका साथ आवर प्रोडक्शन कम्पनी र युनिभर्सल डान्स एकेडेमीको संयुक्त आयोजनामा सो प्रतियोगिता हुने भएको हो । सौन्दर्य प्रतियोगितामा १५ वर्ष माथि उमेर समुहका युवा युवतीहरुको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको अडिसन ईटहरी, खोर्साने, धरान र विराटनगरमा हुने आयोजक संस्थाका भुवन दाहालले बताउनुभयो ।
प्रतियोगितामा राष्ट्रिय स्तरका प्रशिक्षकहरुद्वारा प्रशिक्षण गराईने जनाईएको छ । यस्तै प्रतियोगिताको फाईनलमा मिस ईन्टरनेशनल नेपाल २०१७ निति शाह, गायक कमल खत्री र रनवे प्रशिक्षक सुजित बश्यालको साथमा राष्ट्रिय स्तरका कलाकारहरु लगायतको उपस्थिति रहने दाहालले जानकारी दिनुभयो ।
प्रतियोगिताका विजेतालाई नगद पुरस्कार, एक बर्षे एकेडेमिक छात्रवृत्ति, ५ लाख बराबरको जीवन बिमा र निक्कै आकर्षक पुरस्कारहरु व्यवस्था गरिएको आयोजक संस्थाले जनाएको छ ।