काठमाडौं । चैत १ गतेदेखि त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान हुने तय भएको एभरेष्ट प्रिमियर लिग( ईपीएल) स्थगित भएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि गृह मन्त्रालय, फ्रेन्चाइजी, नेपाल क्रिकेट संघ तथा सरोकारवालाको परामर्शमा प्रतियोगिता स्थगित गरिएको ईपीएलका संस्थापक तथा प्रबन्ध निर्देशक अमिर अख्तरले जानकारी दिनुभएको छ ।
कोरोना भाइरसको सम्भावित संक्रमणको रोकथामका लागि भन्दै सरकारले ठूलो संख्यामा मानिस भेला हुने सभा सम्मेलन , प्रतियोगिता, महोत्सवलगायतका कार्यक्रम नगर्न निर्देशन दिएको छ ।
कोभिड–१९ को संक्रमणको अवस्था हेरेर प्रतियोगिताको नयाँ तालिकाबारे जानकारी दिइने प्रबन्ध निर्देशक अख्तरले बताउनुभएको छ ।