दुई जना लागूऔषध कारोबारी पक्राउ

विराटनगर । इलाका प्रहरी कार्यालय पथरीले दुई जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिप गिरीको नेतृत्वमा खटिएको टोलीको मोरङको कानेपोखरी गाउँपालिका–७ जहदाबाट बुधबार लागूऔषध कारोबारी पक्राउ गरेको हो ।

सुन्दरहरंैचा नगरपालिका १२ का २५ वर्षीय विधान तामाङ्ग र रंगेली नगरपालिका १ का २६ वर्षीय मनोज परियारलाई लागूऔषधसहित पक्राउ गरेको डिएसपी गिरीले बताउनुभयो । उहाँका अनुसार उनीहरूको साथबाट ३ सय ७१ थान ट्याब्लेट लागूऔषध बरामद भएको छ ।

को ८ प ३९३५ नम्बरको मोटसाइकलमा लागूऔषध ल्याउने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । बरामद गरेको लागूऔषध लेटाङ्ग लैजान लागेको खुलेको डिएसपी गिरीले बताउनुभयो । पक्राउ परेका विधानको साथबाट लागूऔषध बरामद भएको हो ।

पक्राउ परेका दुबै जनालाई बुधबार मोरङ अदालतमा म्याद थप गरि अनुसन्धान सुरू गरेको डिएसपी गिरीले बताउनुभयो । यसअघि पनि इप्रका पथरीले अबैध ब्राउन सुगर पनि बरामद गरेको छ ।

बुधबार, २१ फागुन, २०७६, रातीको १०:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर