विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरका उद्योगी तथा प्रतिनिधिसभा सांसद मोतीलाल दुगर्डलाई मन्त्री पदबाट बर्खास्त गर्नुभएको छ ।
दुगर्ड उद्योग राज्यमन्त्री रहनु भएको थियो । दुगर्डसँगै युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा पनि मन्त्री पदबाट बर्खास्त हुनुभएको छ । विश्वकर्मा २ चैत २०७४ मा खेलकुदमन्त्री बन्नुभएको थियो भने दुगड ८ मंसिर ०७६ मा भएको मन्त्रिमण्डल पुनर्गठनमा मन्त्री बन्नुभएको थियो ।
दुगडको स्थानमा बिमला विश्वकर्मालाई उद्योग राज्य मन्त्री बनाइएको छ भने विश्वकर्माको ठाउँमा दावा लामालाई ल्याइएको छ ।