जन्मदिनमा राज्यमन्त्री विश्वासद्वारा राहत वितरण

विराटनगर । आफ्नो जन्मदिनको अवसरमा प्रदेश १ का उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले विपन्न विद्यार्थीहरुका लागि राहत वितरण गर्नुभएको छ ।

मोरङ क्षेत्र नं. ४ (क)बाट निर्वाचित राज्यमन्त्री विश्वासले बुढीगंगा–३ मोरङमा रहेको श्री हरि आध्यातीमिक गुरुकुल स्कुल बुढीगङ्गाका विद्यार्थीका लागि राहत वितरण गर्नुभएको हो । उहाँले गुरुकुलमा रहेको रामजानकी मन्दिर प्रागणमा चामल, दाल, चिनी, तेल तथा नुनलगायतका सामान वितरण गर्नुभयो ।

कार्यक्रममा बुढीगंगा गाउँपालिका ३ का वडाध्यक्ष तिलकनाथ मण्डल, नेकपाका युवा नेता इस्वरी आचार्य, कपिल सुनार, मन्दिर पुजारी समितिका सदस्यहरु तथा नेकपाका कार्यकर्ताहरुको पनि उपस्थिति थियो ।

शुक्रबार, ०३ पुष, २०७७, साँझको ०६:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर