विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा केक काटिएको छ । महासचिव विष्णु पौडेलको ६२ औं जन्मदिनको अवसर पारेर वैठकको सुरुवातमै केक काटिएको हो ।
प्रधानमन्त्री ओलीको आग्रहमा पौडेलको जन्मदिनको लागि बालुवाटारमा विशेष केक मगाइएको थियो । पौडेललाई प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष प्रचण्डलगायतका सचिवालय सदस्यले केक खुवाएर जन्मदिनको बधाई तथा स्वस्थ जीवनको शुभकामना व्यक्त गरेका थिए ।
यस्तै अवसरमा पार्टी उपाध्यक्ष वामदेव गौतमले गौतमलाई १०० वर्ष बाँच्नुहोस् र राम्रो काम गरेर जानुहोला भन्दै शुभकामना दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
नेकपाभित्र विवादले उग्र रुप लिएको बेला पौडेलको जन्मदिनको दिन रमाइलो माहोल भएको हो। केट काटेपछि सुरु भएको सचिवालय बैठक अहिले पनि जारी छ ।