काठमाडौँ । चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हे काठमाडौँ आइपुगेका छन् । नेपालको एकदिने औपचारिक भ्रमणका लागि २० सदस्यीय प्रतिनिधिमण्डलसहित वेई काठमाडौँ आएका हुन् । उनी चीनको पहिलो नम्बरका स्टेट काउन्सिलर एवम् रक्षामन्त्री हुन् ।
एयर चाईनाको विमानमार्फत् भित्रुवन विमानस्थल अवतरण गरेका वेई विभानस्थलबाट बालुवाटारस्थित चिनियाँ दूतावास जाने कार्यक्रम छ ।
चिनियाँ रक्षामन्त्रीले आइतबार प्रधानसेनापति, प्रधानमन्त्री र राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्दै छन् । अन्य अनौपचारिक भेटको व्यवस्था चिनिया दुताबासले गरिरहेको बताइएको छ । भ्रमण पुरा गरेर वेई आजै साँझ स्वदेश फिर्ता हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
– रातोपाटी