नारायण निरौला
दोश्रो विश्वयुद्धमा ठूलो पराजय भोग्नु परेपछि साम्राज्यवादीहरुले एशिया, अफ्रिका र ल्याटिन अमेरिकामा आफ्नो प्रभुत्व कायम राख्न कार्यनीतिमा परिवर्तन गरे । उनीहरुले हिजो बाइबल र बुलेटको माध्यमबाट संसार कब्जा गर्ने कार्यनीति लिएका थिए भने दोश्रो विश्वयुद्धपछि ब्यालेट र ट्याबलेटको सहारा लिएका छन् । नेल्शन माण्डेलाले भन्ने गर्थे, ‘कुइरेहरु हाम्रो मुलुक आउँदा हामीसँग जमिन थियो, खनिज थियो, वनजंगल र प्राकृतिक सम्पदा थियो । कुइरेको हातमा बाइबल र बन्दुक मात्र थियो, केहि वर्षमै हामीसँग भएका सम्पूर्ण जमिन, जंगल, खनिज एवम प्राकृतिक सम्पदा कुइरेको हातमा पुग्यो, हाम्रो हातमा बाइबल र बन्दुक ।’
ब्यालेट र ट्याबलेट भन्नुको अर्थलाई बुझ्नु जरुरी छ । ब्यालेटले युरोप र अमेरिकामा कुलीन र मध्यमवर्गहरुमा जुवाको खालको पाशा झैं अभ्यास हुँदै आएको तथाकथित प्रजातन्त्र अथवा भनौं बुर्जुवा प्रजातन्त्र र त्यसैको रसरंगमा हुने तथाकथित आवधिक निर्वाचन, बहुमतको सरकार, अल्पमतको प्रतिपक्षी भन्ने बुझाउँछ भने ट्याबलेटले तथाकथित मानवअधिकार, लैंगिक अधिकार, जातीय अधिकार जस्ता नशालु ट्याबलेट भन्ने अर्थ बुझाउँछ । साम्राज्यवादले यसको सँगै नवउदारवाद र वित्तीय पूँजीवाद, शहस्राब्दी चुनौति निगम(MCC) जस्ता मन्द विषलाई हिजोका बाइबल र बुलेटभन्दा पनि खतर्नाक कार्यनीतिका रुपमा अघि सारेको छ । जसको माध्यमबाट उत्पीडित राष्ट्रका जनताको मन र मस्तिष्कमा जरा गाड्ने र त्यहाँका जनताको वर्गीय मुक्ति आन्दोलनमा दिगभ्रम पैदा गर्ने कार्ययोजना रहेको छ । त्यतिमात्र होइन सोभियतसंघको विगठनसँगै हिजोको सोभियत ध्रुवको रुपमा रहेको वारसा सन्धि Warsaw Treaty Organization (WTO, May14,1955) को पनि सन् १९९१ मा विगठन भएपछि अमेरिकी साम्राज्यवादको नेतृत्वमा रहेको सैनिक गठबन्धन North Atlantic Treaty Organization( NATO April 4 1949) ले संसारभर एकछत्र सैनिक आतंक फिजाउन कुनै कसर बाँकी राखेको छैन । चाहे कुवेतमा होस् वा इराकमा सिरियामा होस् वा लेवनानमा, अफगानिस्तानमा होस् वा पाकिस्तान यहि नेटोको आवरणबाट अमेरिकी साम्राज्यवादले ठूलो आतंक मच्चाइरहेको छ ।
अन्य देशमा पुगेर त्यहाँको सार्वभौमिकता राष्ट्रिय अखण्डतामा समेत क्रुर आक्रमण गरेका घटनाहरु आलै छन् । अमेरिकाले इराकका राष्ट्रपति सद्दाम हुसेनलाई ३० डिसेम्बर २००६ मा क्रुरतापूर्वक हत्या ग¥यो । त्यसैगरि विभिन्न मुलुकमा हज्जारौं क्रान्तिकारी कम्युनिष्ट नेता कार्यकर्ताहरुको हत्या ग¥यो । ९ अक्टुबर १९६७ मा चे ग्वेभाराको हत्या ग¥यो । १० अप्रिल १९९३ मा दक्षिण अफ्रिकी कम्युनिस्ट नेता क्रिष्ट हनीको हत्या ग¥यो । निकारागुवामा कोण्ट्रा जस्तो उग्र जातिवादलाई उछालेर कम्युनिष्ट क्रान्तिकारी सण्डिनिष्ठको प्रभावलाई क्षतवक्षत बनायो । भर्खरै भेनेजुएलाका निर्वाचित समाजवादी नेतालाई राष्ट्रपतिबाट अपदस्थ गर्ने षड्यन्त्र पनि सेलाएको छैन । यसरी अमेरिकी साम्राज्यवाद दोश्रो विश्वयुद्ध र खासगरी सोभियत संघ विघठनपछि एकछत्र रुपमा विभिन्न बहानामा तेश्रो विश्वका उत्पीडित मुलुकमा उत्पीडन गर्दै आइरहेको छ । त्यतिमात्र होइन अझै पनि कोरिया, जापान, अफगानिस्तान लगायत करीव ३० वटा जति मुलुकमा अमेरिकी सैन्य अड्डा कायमै छन् ।
यसका अतिरिक्त पछिल्लोबाजी युरोपेली युनियनले पनि उत्पीडित राष्ट्रका वर्गीय एवम् राष्ट्रिय मुक्ति आन्दोलनमा दिगभ्रम छर्न थुप्रै किसिमका हत्कण्डाहरु प्रयोग गरिरहेको छ । अमेरिका र युरोपेली युनियन कतिपय संयुक्त र कतिपय एकल रुपले ती उत्पीडित राष्ट्रहरुमा कथित प्रजातन्त्र, नागरिक स्वतन्त्रता, जातीय स्वतन्त्रता, लैंगिक स्वतन्त्रता, मानव अधिकारका नाममा एनजीओ र आइएनजीओ, एसियाली विकास बैंक, युनेस्को, युएनडिपी,युनिसेफ साथै विभिन्न वित्तीय संस्थाहरुमार्फत त्यहाँका बौद्धिक एवम् ब्यवसायिक नागरिकलाई परिचालन गर्ने र वर्गीय मुक्ति आन्दोलनलाई दिगभ्रमित पार्ने कुकर्म निरन्तर गरिरहेका छन् । हो, यहि नै साम्राज्यवादको नयाँ अस्त्र हो, जो आल्वर्ट आइन्सटाइनलाई मरुभूमिमा खेति गर्ने भनी ठगेर लगेको सुत्रबाट हिरोसिमा र नागासाकीमा खसाएको परमाणु बमभन्दा पनि खतरनाक छ ।
नेपालको सन्दर्भमा भारतीय र अमेरिकी शासकहरुको संयुक्त ग्राण्ड डिजाइनमा पछिल्ला केही दशकदेखि विभिन्न खाले गतिविधि हुँदै आएका छन् । तिनीहरुले नेपालका शासक र राजनीतिक दलका यो वा त्यो नेतालाई राष्ट्रियता का सवालमा वर्गीय मुक्ति का सवालमा, राष्ट्रिय निर्माण विकासका सवालमा यो वा त्यो कोणबाट प्रयोग गर्ने हर कोशिश गर्दै आइरहेका छन् । उनीहरुको डिजाइनमा समेट्न फकाउने, थकाउने र गलाउने षड्यन्त्र पनि दिनहुँ भइरहेका छन् । यदि त्यो डिजाइनमा जान इन्कार गरे हत्यासमेत गर्दै आएका छन् । राष्ट्रघाति महाकाली सन्धिको विरुद्ध उभिने नेता मदन भण्डारी र जीवराज आश्रितको हत्या साथै राष्ट्रियताका सवालमा दृढ रहेका तत्कालिन राजा विरेन्द्रको वंश विनास आदि नै ज्वलन्त उदाहरण हुनसक्छन् । यस्ता कुकर्म गर्न गराउन अमेरिकी साम्राज्यवादी जासुसी संस्था सिआईए साथै भारतको जासुसी संस्था रअ खुलेआम रुपमा लागिरहेका छन् । तिनीहरुले गरेका षड्यन्त्र केवल देखिने खालका मात्र छैनन्, नदेखिने तर नेपाली जनतामा दुरगामी नकरात्मक परिणाम आउने खालका कैयौं गतिविधि भइरहेका छन् ।
महान् जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनमा हजारौं नेपाल आमाका सपुतको बलिदान पश्चात आएको यो गणतन्त्रलाई पनि उनीहरु आफ्नै ग्रिपमा सञ्चालन गर्ने र यहाँको राष्ट्रिय अस्मिताको अपहरण गरि भुटानीकरण हुँदै सिक्किमिकरण गर्ने दाउमा छन् । त्यसो गरे अमेरिका र भारतको आँखाको तारो बनेको चिनलाई घेरा हाल्न सजिलो हुन्छ भन्ने उनीहरुले सोचेका छन् । भर्खरै दक्षिण एशियामा अमेरिकाको इसारामा चिनलाई अन्तराष्ट्रिय रुपले ब्यापारिक घेराबन्दी गर्ने सम्मेलन भएको पनि समचारमा आइरहेकै छ ।
नेपाल कम्युनिष्ट पार्टीको अन्तरकलह पनि यहि डिजाइनको डालोको अन्तरकथा हो । नेपाली कम्युनिष्ट आन्दोलनमा घुसपैठ स्थापनाकालदेखि नै हुँदै आएको हो । जब संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको कार्यक्रम प्रथम महाधिवेशनले पास गरेता पनि मनमोहन अधिकारीलाई महासचिव बनाइन्छ त्यहाँदेखि नै घुसपैठ आरम्भ भएको मान्नु अतियुक्ति नहोला । नेपाली कम्युनिष्ट आन्दोलनमा विभिन्न आरोह अवरोहहरु आए । चिनिया कम्युनिस्ट पार्टी र रुसी कम्युनिष्ट पार्टीका महाविवादका प्रभाव पनि परे । केशरजंग रायमाझी जस्ता गद्धार पनि देखा परे ।
कम्युनिष्ट आन्दोलनमा विवाद हुनु अनौठो होइन । माक्र्सवादको द्वन्द्ववादले नै कुनै पनि वस्तुका दुई विपरित ध्रुव हुन्छन् । तिनै ध्रुवको अन्तरविरोधले वस्तु रुपान्तरण हुन्छ । कम्युनिष्ट पार्टी सर्वहारा वर्गको पार्टी हो । यसले जहिले पनि बहुसंख्यक उत्पीडित, उपेक्षित, मजदुर, किसान वर्गको हितमा संघर्ष गर्दछ र उनीहरुलाई व्यापक रुपमा गोलबन्द गरेर सामन्त र पूँजीपतिहरुको शोषण उत्पीडनबाट मुक्ति दिलाउँछ । त्यसैगरी पञ्चानब्बे प्रतिशत जनतालाई गोलबन्द गर्दै समाजवाद र साम्यवादसम्म पुग्ने रणनीति कम्युनिष्ट पार्टीको रहेको हुन्छ । यो कम्युनिष्ट पार्टीको वर्गीय चरित्र हो । उसको वर्गीय पक्षधरता पनि हो । यो रणनीतिमा पुग्न कैयौं कार्यनीतिको प्रयोग हुनसक्छ । लेनिनले भने जस्तै कार्यनीति फेरबदल हुनसक्छ । कार्यनीति अवलम्बनको सवालमा वैचारिक संघर्ष हुनसक्छ । किनकि माक्र्सवादी दृष्टिकोण अनुसार कम्युनिष्ट पार्टी पनि एउटा बस्तु नै हो । त्यसैले माथि नै भनिए जस्तै पार्टीमा दुई ध्रुव हुनु स्वभाविक छ र तिनमा संघर्ष हुनु पनि स्वभाविक छ ।
जसरी समाज वर्गीय रुपले शोषक र शोषित, पीडक र पीडित, शासक र शासित भनी विभाजित छ त्यसको प्रतिबिम्ब पार्टीहरुमा पर्नु स्वभाविक नै मान्नुपर्दछ । कम्युनिष्ट पार्टीभित्र ती विचार सुरुमा कहिलेकाहीं छरपष्ट रुपमा पनि आउन सक्छन् । जसको कित्ताकाट गरेर ध्रुविकृत गर्न गाह्रो हुन्छ । तर, यो छरपष्टता लामो समयसम्म रहनु उचित होइन । यसो हुनुको पछाडि भुमण्डलीय साम्राज्यवादले एउटा बौद्धिक ट्याबलेट छोडेको छ, त्यो हो उत्तर आधुनिकतावाद । यसले बहुलवादको मन्द विषमा गुलिया चास्नीको लेपन लगाएर उत्पीडित राष्ट्रहरुमा बिज झैं छरेको छ । हो यो बिजलाई माथि भनिएका विभिन्न एनजीओ, आइएनजीओ साथै वित्तीय एजेन्सीहरुले मलजल गरेर हुर्काउँछन् । यहाँ भन्नै पर्ने तीतो सत्य के हो भने पूर्वएमालेको जनताको भनिएको कथित जबज जसको अंग्रेजीमा Multi Party Democracy को प्रमुख दार्शनिक श्रोत नै नित्सेवादले विकास गरेको उत्तर आधुनिकतावादको हो ।
यो नित्सेले विकास गरेको यो उत्तर आधुनिकतावाद बहुकेन्द्र, बहुलवाद, भडुवा विकासवाद, आदर्शवाद, संसदीय जडसुत्रवादको मात्र वकालत गर्छ । किनकि यस्को थेसिस नै सजातीयवाद(homogenous) पर्याय बहुलवाद हुन्छ । अध्ययनविधि (methodology)बाट तयार भएको छ । मदन भण्डारी जीवित थिए भने उनले यसबेला जवाफ दिनैपथ्र्याे कि उनी सर्वहारा वर्गको राजनीति गर्छु भनेर उनले सर्वहारा वर्गकै घाटीमा यस्तो पासो किन बाँधे ? हो, यहि सम्राज्यवादी उत्तर आधुनिकतावादी ९एयकतmयमभचलष्कm० जबजरुपी ललीपपले हाल नेपाल कम्युनिष्ट पार्टीभित्रको अन्तर कलहलाई कित्ताबन्धी रहित पारेर गिजोलेको छ, मुछेको छ । अस्ति भर्खरै एउटा राष्ट्रिय दैनिक पत्रिकामा कम्युनिष्ट पार्टीका केन्द्रीय नेताले नै अब दुनियाँमा वर्ग संघर्षको अन्त्य भयो, त्यसको आवश्यकता छैन भन्ने डिस्कोर्स दिएको पनि मैले पढ्न पाएको थिएँ ।
नेपाली क्रान्तिमा पछिल्लोबाजी जति पनि गिजोल्ने र जनतालाई दिग्भ्रमित पार्ने जति पनि कुकर्म भएको छ त्यो घोर दक्षिणपन्थी कार्यक्रम जबजबाटै भएको छ । यसैको माध्यमबाट नै साम्राज्यवाद र बिस्तारवादी एजेण्टहरुको पनि घुसपैठ भएको छ । अहिले प्रचण्डको प्रशंसा गर्दैमा दंग पर्ने आलोचना गर्दा ओठ ल्याप्र्याउनेको जमात पनि बढ्दै गएको छ । कसैले प्रशंसा गर्दैमा मख्ख पर्नु र विरोध गर्दैमा ओठ ल्याप्राउनु ठूलो भुल हो । किनकि प्रशंसक पनि संशोदनवादकै मतियार हुनसक्छ । साथै विरोधी पनि अवसरको ताकमा रहेको हुनसक्छ । त्यसैगरि केपी ओलीका पक्ष विपक्षहरुमा पनि त्यही कुरो लागू हुन्छ । दुवैको जति नै आलोचना गरेपनि वा समर्थन गरेपनि त्यसले तात्विक भिन्नता राख्दैन । यस्तो गोलमटोल खिचडीवाद विरवलीय खिचडीकै रुपमा रहनसक्छ । किनकि दुवैलाई खसीको टाउको राखेर कुकुरको मासु बेच्ने थलोसँग पारपाचुके गरेर क्रान्तिकारी कदम चाल्नु पनि छैन । किनकि कुकुरको मासु बेच्न पल्केको बुचडले खसीको मासु बेचेर घाटाको ब्यपार गर्दैन ।
पार्टीमा को गोर्वाचोवपन्थी ? र को लेनिनपन्थी ? भनेर कित्ताकाट नभइकन अन्तरपार्टी संघर्ष ध्रुविकृत हुनै सक्दैन । अहेलेको ध्रुविकृतरहित गोलमटोल कलहले कुनैपनि क्रान्तिकारी निकास दिनै सक्दैन । रातो झण्डा उठाउन त जस्ले पनि उठाउँछ तर झण्डा उठाउदैमा कम्युनिष्ट क्रान्तिकारी हुनसक्दैन । किनकि रातो झण्डा उठाउनेले नै रातो झण्डा च्यात्दै आएको तीतो इतिहास छ । सबैमा चेतना भया ।